पाेखरा, कार्तिक २७ गते । नेपाली कांग्रेस गण्डकी प्रदेश र नेकपा एमाले गण्डकी प्रदेशको दुई दलिय राजनैतिक संयन्त्रको वैठक मंगलबार सम्पन्न भएकाे छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको अध्यक्षतामा नेपाली कांग्रेस गण्डकी प्रदेशको सभाकक्षमा बस्यो बसेकाे हाे ।
बैठकमा नेपाली कांग्रेको तर्फबाट सभापति शुक्रराज शर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, महामन्त्री विष्णुप्रसाद लामिछाने र नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, नेकपा एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी र एमाले गण्डकी अध्यक्ष नवराज शर्माको उपस्थिति रहेको थियाे ।बैठकले गरेका निर्णयहरु तल उल्लेख छ ।
बैठकले आठ बुँदे निर्णय समेत गरेकाे छ ।निर्णय तल उल्लेख छ ।
१) सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले गण्डकी प्रदेशको राजनैतिक संयन्त्रको वैठकको अध्यक्षता दुवै दलको सहमतिमा आलोपालो प्रणाली अनुसार संयोजन गर्ने, वैठकको व्यवस्थापन जुन दलले अध्यक्षता गर्ने हो सोही दलले गर्ने ।
२) गण्डकी प्रदेश भित्रका सबै जिल्लामा केन्द्रको निर्देशानुसार संयन्त्र निर्माण गरी कार्य गर्न निर्देशन दिने,
३) दुई पार्टी बीचको सहकार्यको आवश्यकतालाई जन समक्ष पु¥याउन र संयुक्त सरकारले गरेका काम र योजनाको पक्षमा जनमत निर्माण गर्न, सरकारले गरेका कामको बारेमा समिक्षा गर्दै आवश्यकता अनुसार सरकारलाई सुझाव दिने, सहयोग गर्ने र सकारात्मक कामको प्रचार–प्रसार गर्ने ।
४) नेपाली कांग्रेस र नेकपा एमाले बीचमा स्थानीय तहमा कहि कतै विवाद भई समस्या आएमा सम्बन्धित निकायका २ दल बसी तत्काल समस्याको समाधान गरी सहकार्यलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने ।
५) नेपालको संविधान र कानुनी राज्यको अवधारणाको विरुद्ध भइरहेको जुनसुकै अराजनैतिक, अराजक गतिविधिप्रति यो वैठकको गम्भिर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिहरुलाई समयमा नै नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्दै कानुनी राज्यको कार्यान्यवयनको लागि आवश्यक सहयोग गर्न सबै पक्ष सँग हार्दिक अपिल गर्ने निर्णय गरियो ।
६) गण्डकी प्रदेशका विकास निर्माणका कार्य सम्बन्धमा २ दलिय साझा धारणा सहित अगाडि बढ्ने निर्णय गरियो ।
७) आगामी वैठक नेकपा एमालेको संयोजनमा नेकपा एमाले गण्डकी प्रदेश कार्यालयमा हुने निर्णय गरियो ।