पाेखरा महानगरकाे विशेष नगरसभा मंसिर २० गते

पाेखरा, मंसिर १३ गते ।पोखरा महानगरपालिकाको बिशेष नगरसभाकाे मिति ताेकिएकाे छ । महानगरले यही  मंसीर २० गतेका लागि  आव्हान गरेकाे छ ।

पाेखरा महानगरमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विशेष नगरसभाकाे माग गर्दै मेयर धनराज आचार्यलाई निवेदन दर्ता माग गरेका थिए । स्थानीय सरकार संचालन ऐनमा भएकाे व्यवस्था अनुसार १५ दिनभित्र मिति मिति, एजेन्डा सहित स्थान ताेकेर सभा आह्वान गर्नुपर्ने व्यवस्था अनुसार आज १५ आै दिनमा महानगरले नगरसभा सदस्यलाई २० गतेकाे लागि नगरसभा बस्ने सुचना पठाएको छ ।

 

नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले बहिष्कार गरेकाे   ३७ औं कार्यपालिका बैठकको निर्णय खारेजकाे माग सहित विभिन्न एजेन्डा सहित नगरसभा माग गरेकाे हाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...