पाेखरा, पुस ११ गते ।नेपाल मगर संघ गण्डकी प्रदेश समितिकाे आयाेजनामा पाेखरामा गण्डकी प्रदेश स्तरीय मगर साँस्कृतिक महाेत्सव २०८१ हुने भएकाे छ ।
मगर संघ गण्डकीले बिहिवार पाेखरामा पत्रकार सम्मेलन गरेर पुस १९ गते महाेत्सव गर्न लागेकाे जानकारी दिएकाे हाे ।महाेत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रचलित काैराहा/कानराहा,झ्याउरे/ झाझुरा,कृष्णचरित्र, यानीमाया, पुख्याैली साेरठी/कृष्ण चरित्र, सालैजाे,थाली नाच,ज्यु मामै, मारुनी, भुम्या लगायतका मगर समुदायको परम्परागत लाेकनृत्य प्रत्यक्ष रुपमा प्रस्तुत गरिने मगर संघ गण्डकी अध्यक्ष तारामाया थापा मगरले जानकारी दिनुभयाे ।
महाेत्सवले विभिन्न जातजाति, भाषाभाषी जातजाती र समुदाय विच सहिष्णुता, एकता र आपसी सम्बन्धलाई प्रगाढ बनाउन तथा आन्तरिक पर्यटन प्रबर्दनमा याेगदान पुर्याउने विश्वास लिएको अध्यक्ष थापाले बताउनुभयाे ।
मगर समुदायको भाषा, संस्कृति, धर्म, भेषभुषा, संरक्षण, सम्बर्द्धन र पुस्ता हस्तान्तरणकाे उद्देश्य सहित महाेत्सव आयाेजना गर्न लागिएको उहाँले बताउनुभयाे । वि.स. २०७८ काे जनगणना अनुसार नेपालमा १४२ जातजाति र १२४ भाषा रहेका छन् भने जनसंख्याको आधारमा मगर समुदाय तेस्रो स्थानमा छ ।
महाेत्सवकाे उद्घाटन नेपाल सरकारका सूचना प्रविधि तथा सञ्चार मन्त्री एंंव प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गर्ने आयाेजकले जनाएको छ ।