अंग्रेजी नयाँ वर्ष २०२५ सुरु हुदै, स्वागतमा देशभर कार्यक्रम

पाेखरा,पुस १६ गते ।अंग्रेजी नयाँ वर्ष आजबाट सुरु हुदैँ छ ।अंग्रेजी वर्ष २०२४ आजबाट बिदा हुदैछ ।

नयाँ वर्षको स्वागतमा नेपालका विभिन्न ठाउँमा महाेत्सव, सांस्कृतिक कार्यक्रमहरु आयाेजना गरिएका छन ।

आन्तरिक तथा बाह्यय पर्यटक प्रबर्दन गर्ने उदेश्यले मेला, महाेत्सव र सांगीतिक कार्यक्रम आयाेजना गरिएकाे हाे ।

आज राति नेपाली समय अनुसार राति १२ बजेदेखि अंग्रेजी नयाँ वर्ष सुरु हुनेछ ।नयाँ वर्षको स्वागतमा पाेखरामा सडक महाेत्सव आयाेजना गरिएको छ ।पाेखराकाे हल्लनचाेकदेखि सहिदचाेक सम्मकाे तीन किलोमिटर क्षेत्रमा सडक महाेत्सव आयोजना गरिएको छ । रेवान पाेखराकाे आयाेजनामा हरेक वर्ष सडक महाेत्सव हुदै आएकाे छ ।

सडकमै खाउँ रडकमै रमाउँ भन्ने नारा सहित महाेत्सव हुदै आएकाे छ ।आन्तरिक तथा बाह्य पर्यटन प्रवर्दन गर्दै आर्थिक गतिविधिलाई चलाएमान बनाउन महाेत्सव हुदै आएकाे छ ।पाेखराकाे लेकसाइड क्षेत्रका हाेटल तथा रेष्टुरेन्टले सडकमै सेवा दिएका छन भने सडकमै माैलिक संस्कृतिहरु प्रस्तुत गरिएका छन् ।

आज पाेखराकाे लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटककाे भिड लाग्ने छ भने पाेखराकाे काेमागाने पार्कमा कन्सर्ट समेत आयाेजना हुदै छ । अंग्रेजी नयाँ वर्षको स्वागतमा मध्य राति १२ बजे आतिसबाजी समेत गरिनेछ ।उत्त आतिसबाजी हेर्नकै लागि आन्तरिक पर्यटकको भिड लाग्ने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...