पोखरा, माघ ९ गते ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काँग्रेस एमाले नेतृत्व्को वर्तमान सरकार ढल्छ भन्ने नसोच्न चेतावनी दिएका छन् । मन्त्री पौडेलले केही भुईफुटटाहरुले भन्दैमा सरकार नढल्ने बताउनु भएको हो । यो सरकार ढल्छ भनेर कसैले नसोचे हुन्छ नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको अगुवा कार्यकता भेलामा बोल्दै भन्नुभयो,“यो सरकार साच्चै धेरै बलियो जगमा उभिएको छ । तर हल्लाउने प्रयास गरिएको छ । सरकारलाई गम लगाएर ढलाउन सकिन्छ की, डोरी लगाएर तान्न वा कमजोर बनाउन सकिन्छ की भन्ने अनेक प्रयास भएका छन् ।
यो सरकार बन्न नदिने प्रयासलाई असफल बनाउदै बनेको हो ।” एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री पौडेलले सरकार बन्दाको भोलिपल्टदेखि ढल्छ ढालिन्छ भन्दै हिडेको बताउदै भन्नुभयो,“यो सरकार कुनै हालतमा ढल्दैन् । हामीले इतिहासका अनुभवको सुविचारीत ढंगले सरकार निर्माण गरेका हौ ।यो सरकार ढाल्न कसैले सक्दैनन्।” उहाँले काँग्रेस र एमाले प्रमुख दल भएकाले सरकार र प्रतिपक्ष बन्नुपर्ने हो तर प्रमुख प्रतिस्पर्धी दलहरु मिलेर सरकार किन बन्यो भने अस्थिरता विचलन र आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा भयावह अवस्था सृजना भएकाले त्यसलाई नियन्त्रणमा लिन लोकतन्त्र,जगाउन, संविधानको रक्षा गर्न यो सकार बनेको हो उहाँले भन्नुभयो, “यो सरकार कसैले भन्दैमा र चाहदैमा ढल्दैन् ।”