भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा, माघ २१ गते ।गण्डकी प्रदेशमा भोलि सार्वजनिक विदा घोेषणा गरिएको छ ।

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको आजको निर्णयानुसार गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा भोलि माघ २२ गते मंगलबारका दिन गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

 

गण्डकी प्रदेशका उपसचिव सुरण प्रसाद  शर्मा पौडेलद्वारा जारी सुचनामा भनिएको छ, सार्वजनिक विदा दिने निर्णव भएको  हुँदा सम्बन्धित सबैको जानकारीको सुचना प्रकाशन गरिएको  छ ।

 

गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा यसअघि फागुन ४ गते विदा दिने गरिएको थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...