“विजय कृष्णमूर्ति यज्ञ नगरि फर्किन्न, धर्मका लागि अधर्म गर्न पनि तयार छ”

पोखरा, माघ २७ गते ।धर्मगुरु विजय कृष्णमूर्तिले पोखरामा आयोजना गर्न भनिएको ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ जस्तोसुकै परिस्थिति आएपनि नरोकिने चेतावनी दिनुभएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले यज्ञ यहाँ नहुने भनेर दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “कुनै पनि हालतमा जस्तोसुकै परिस्थिति आएपनि यो यो यज्ञ कसैले रोकेर रोकिने वाला छैन । यो प्रष्ट भन्छु , बाल योगेश्वर यज्ञ नगरि फर्किन्न । जुन ठाँउमा हुने हो, जुन मितिमा हुने हो जसरी हुने हो त्यसरी हुन्छ ।”

यज्ञका विषयमा विवाद भएपछि बोल्दै यज्ञ विराट होला भब्य होला तर जस्तोसुकै मुल्यचुकाउन तयार रहेको बताउदै भन्नुभयो,“विगतमा पनि ज्यान हत्केलामा राखेर हिडेको हो विगतमा । र्धमका लागि अधर्म गर्न पनि विजय कृष्णमूर्ति तयार छ भनेर भन्दिनुहोला ।”

 

उहाँले पोखरामा गरिएको रुख कटान आफुहरुले नगरेको बताउदै केही कमजोरी भएको भए त्यसलाई सुधार गर्दै जाने पक्षमा आफू तयार रहेको पनि बताउनुभयो । रुख काटे वापत पैशाको प्रलोभन गरेको भन्ने कुरा भ्रम रहेको बताउदै उहाँले पोखरा १३ मा पिपलका रुख वडाले काटेको र काटे वापतको दश हजार रुपैयाँ तिरेको बताउनुभयो । पोखराका मेयर धनराज आचार्यले यज्ञमा गरिने होमनले वातवारणमा प्रभाव पार्ने भनि दिएको अभिब्यक्ति ठिक नभएको बताउदै महायज्ञमा कुनै वातावरण प्रदूषण नहुने दाबी गर्दै महायज्ञस्थलको हल अत्याधुनिक र ध्वनि बाहिर ननिस्कने दाबी गर्नुभयो ।

 

उहाँले अहिलेसम्म पोखराका क्षेत्रमा भएका यज्ञले अनुमति नलिएको र लिएको बारेमा खोजी गर्न समेत पत्रकारलाई आग्रह गर्नुभयो । रुख कटानका विषयमा महानगरले गर्ने कारबाहीको भागिदार हुन तयार रहेको समेत बताउनुभयो । “धर्म संस्कृति जर्गेनाकै लागि यो यज्ञ गरिएको हो उहाँले भन्नुभयो, यो यज्ञ आर्थिक संकलनका लागि हैन् ।घाटा नाफा भन्ने हुदैन् ।पैशा जुटे मन्दिर बनाउने विषय हो ।”उहाँले महायज्ञले पोखरामा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने बताउदै यहाँका व्यवसायीले फाइदा लिनसक्ने बताउनुभयो । उहाँका अनुसार २५ हजार भन्दा बढी भक्त बाहिरबाट आउने भएकाले यहाँको पर्यटन प्रबर्दनमा भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...