नेपाल चीन सम्बन्ध ७० वर्षमा, चीनसंगकाे सम्बन्ध प्रगाढ:उपप्रमुख गुरुङ

पाेखरा, फागुन ८ गते ।पाेखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाल र छिमेकी मित्र राष्ट्र चीनको कुटनैतिक सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास ब्यक्त गर्नुभएकाे छ ।

चीन र नेपालकाे कुटनैतिक सम्बन्धकाे ७० आै वार्षिकोत्सब र चिनया नयाँ वर्ष २०२५ काे अवसरमा नेपाल स्थित जनबादी गणतन्त्र चीनकाे दुतावासले आयाेजना गरेकाे नेपाल चीन बसन्त महाेत्सव गाला कार्यक्रमलाई सम्वाेधन गर्दै उहाँले यश कार्यक्रमले सम्बन्ध अझै गाढा र प्रगाढ बन्दै जान सकाेस् भन्ने कामना गर्दछु र चिनियाँ नयाँ वर्षको हार्दिक शुभकामना ब्यक्त गर्छु भन्नुभयाे ।

उहाँले मित्र राष्ट्र चीनसंग नेपालका धेरै संस्कार र संस्कृति मिल्ने भएकाले सम्बन्ध थप प्रगाढ रहेकाे समेत बताउनुभयाे । याे सम्बन्ध अझै घनिष्ट हुँदै नेपाल र चीनका नागरिक बीचकाे मित्रतालाई बलियाे बनाउन सांस्कृतिक आदानप्रदानले महत्त्वपूर्ण भुमिका खेल्ने छ भन्नुभयाे, सम्बन्ध अझै मजबुत र प्रगाढ बन्दै अनन्त सम्म रहने विश्वास सहित चिनियाँ नयाँ वर्ष बसन्त महाेत्सवकाे शुभकामना ब्यक्त गर्दछु  ।

उहाँले देशकाे संस्कार संस्कृति ठुलाे सम्पत्ति, गहना र परिचय भएकाे बताउदै चीनले आफ्नो संस्कार संस्कृति र परम्परालाई संरक्षण र प्रवर्द्वन गरेर विश्वब्यापी बनाउन सफल भएकाे बताउनुभयाे । उपप्रमुख गुरुङले नेपाल भाैगाेलिक क्षेत्रफलका हिसाबले सानाे भएपनि संस्कार, संस्कृतिमा धनी रहेकाे उल्लेख गर्दै नेपालमा १४२ जातजातिहरु बसाेबास गर्ने र उनीहरुको आआफ्नै संस्कार र परम्परा रहेकाे बताउनुभयो ।

नेपालमा रहेका जातजाति मध्य विशेष गरि गुरुङ, थकाली, तामाङ र शेर्पा जातिहरुले १२ वर्षमा १२ वटा वर्गहरु हुने जुन जीबजन्तुकाे नामबाट नामाकरण गरिएकाे तथ्य उल्ले गर्दै गुरुङ समुदायकाे नयाँ वर्ष पुस १५ गतेबाट सर्प वर्ष सुरु भएकाे छ । त्यस्तै तामाङ जातिकाे साेनाम ल्हाेसार माघ १५ गतेबाट र शेर्पा जातिकाे ग्याल्पाे लाेसार यहि फागुन १६ गतेबाट सुरु हुने उपप्रमुख गुरुङले बताउनुभयाे ।

उपप्रमुख गुरुङले पाेखरा महानगर भाैगाेलिक क्षेत्रफलकाे हिसाबले सबैभन्दा ठुलाे रहेकाे र गण्डकी प्रदेशकाे राजधानी तथा पर्यटनको गन्तव्य स्थल रहेकाे बताउनुभयाे । उहाँले पाेखरालाई पर्यटनको राजधानी घाेषणा गरिसकेको र सन् २०२५ लाई पाेखरा भ्रमण वर्ष घाेषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताउनुभयाे ।

 

उहाँले भ्रमण वर्षमा चिनियाँ नागरिकलाई निमन्त्रणा समेत गर्दै धेरै चिनियाँ पर्यटक आउने विश्वास ब्यक्त गर्नुभयाे । उपप्रमुख गुरुङले चीनका ९ वटा सहरहरुसंग पाेखराकाे भगिनी सम्बन्ध रहेका कारण सम्बन्ध सुमधुर र प्रगाढ बन्दै गइरहेको उल्लेख गर्नुभयाे ।पाेखरा र चीन विभिन्न सहरहरुसंग शिक्षा, प्रविधि र संस्कृति तथा खेलकुद लगायत अन्य क्षेत्रमा सहयाेग आदानप्रदान भैरहेकाे स्पष्ट पार्नुभयाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...