पाेखरा, फागुन १९ गते ।उच्च अदालत पाेखराले काेटिहाेमलाई अबरोध नगर्न दिएकाे अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । काेटिहाेमलाई अबरोध नगर्न दिएकाे अन्तरिम आदेश खारेजकाे माग गर्दै निवेदन दर्ता गरेकाे थियाे ।
पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञ रोक्न भन्दै विभिन्न स्थानमा परिपत्र गरेपश्चात श्री मानव सेवा फाउण्डेसन, नेपालले उच्च अदालतमा अन्तरिम आदेशको माग गरी रिट निवेदन दिएको थियाे ।
यहि फागुन १ गतेका उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरी कोटिहोम नरोक्नु/नरोकाउनु भनी आदेश दिए सँगै उक्त कोटिहोम ज्ञान महायज्ञलाई रोक्न र अन्तरिम आदेश खारेज गरिपाउँ भनी पोखरा महानगरपालिका पुनः उक्त आदेशको विरुद्धमा अन्तरिम आदेशको खारेजीको माग गर्दै भ्याकेट निवेदन दर्ता गरेकाे थियाे ।
आज १९ गते पेशी चढी संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई खारेज गर्नु नपर्ने भन्दै सोही आदेशलाई निरन्तरता दिने आदेश दिएको छ । सँगसँगै ऐतिहासिक कोटिहोम महायज्ञ सोही मिति, स्थान र समयमै हुने कुरा निश्चित भएको आयाेजकले जनाएको छ ।