पोखरा, फागुन २३ गते ।प्रेस क्लब गण्डकीले प्रदान गर्ने प्रेस क्लब पत्रकारिता पुरस्कार २०८१ पत्रकार कृष्णमणी बराललाई अर्पण गरिने भएकाे छ ।

प्रेेस क्लब गण्डकीले पहिलाे पटक प्रदान गर्न लागेकाे पुरस्कारको राशि ५० हजार,दाेसल्ला, सम्मानपत्र रहेकाेछ ।क्लबका अध्यक्ष एकराज गिरीकाे अध्यक्षतामा बसेकाे बैठकले पाेखराका पत्रकार बराललाई पुरस्कृत गर्ने निर्णय गरेकाे सचिव गाैरब त्रिपाठीले बताए ।
क्लबले वार्षिक रुपमा पत्रकारिता मार्फत समाज परिर्वतनमा पुर्याएकाे याेगदानकाे कदर गर्दै पुरस्कृत गर्ने गरि पुरस्कार स्थापना गर्ने घाेषणा गरेकाे अध्यक्ष एकराज गिरीले बताए ।
पुरस्कृत हुन लागेका बराल हाल विविसी नेपाली सेवा र अन्नपुर्णपोष्टका संवाददाता हुन । संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतीथ्यतामा शनिबार बराललाई पुरस्कार अपर्ण गरिने अध्यक्ष गिरीले बताए।
पत्रकार कृष्णमणी बराल साढे दुई दशक देखी पाेखरामा रहेर पत्रकारिता गर्दै आएका छन ।उनले विशेषगरी पर्यापर्यटन, सिमसार, जलवायु र गिद्धको संरक्षणका क्षेत्रमा कलम चलाउदै आएका छन् ।
