विभिन्न धार्मिक संघ संस्थाहरुले दिए पाेखरा महानगरमा धर्ना

पाेखरा,फागुन २५ गते ।पोखरा महानगरपालिकाको कार्यालय अगाडी आइतबार धर्ना गरिएको छ । ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ रोक्नको लागि मेयर धनराज आचार्यले देखाएको रवैयाको बिरोध सहित पोखरामा रहेका विभिन्न धार्मिक संघसस्थाहरुले स्वस्फूर्तरुपमा महानगरको कार्यालयको मूल प्रवेशद्धारमा शान्तिपुर्ण धर्ना कार्यक्रम गरेको हो ।

 

विश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश समीती, जिल्ला शाखा कास्की,संस्कृत युवा मञ्च कास्की,मातृशक्ति विभाग गण्डकी प्रदेश लगायत संस्थाहरुले संयुक्त रुपमा धर्नाको कार्यक्रम गरेका हुन् । विहान ९ बजे देखि सुरु भएको धर्ना कार्यक्रम १०ः३० सम्म चलेको थियो ।

 

 

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीले सोमबार वार्तामा बोलायपश्चात करिब साडे १ घण्टा पछि आइतबारको धर्ना कार्यक्रम स्थगीत गरिएको थियो । सोमबार जिल्ला प्रशासन कार्यालय कास्कीले महानगरपालिका,जिल्ला प्रशासन कार्यालय र कोटिहोमको आयोजक श्री मानव सेवा फाउण्डेसन नेपाल वीचमा त्रिपक्षिय बैठक बस्दै छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...