पृथ्वीनारायण क्याम्पसकाे स्ववियु अध्यक्षमा ८ जनाकाे उम्मेदवारी

पाेखरा,फागुन २७ गते ।पाेखराकाे पृथ्वीनारायण क्याम्पसकाे स्ववियुकाे अध्यक्ष पदका लागि पाँच जनाकाे उम्मेदवारी दर्ता भएकाे छ ।

चैत ५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताकाे मिति तय भएकाे थियाे । अध्यक्षका लागि स्वतन्त्र सहित ठुला र साना दलका बिद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेकाे निर्वाचन समितिले जनाएको छ ।

पृथ्वीनारायण क्याम्पसकाे स्ववियु अध्यक्ष  पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । नेकपा एमालेकाे बिद्यार्थी संगठनका तर्फबाट विष्णु पाेखरेल, नेपाली काँग्रेसकाे नेपाल बिद्यार्थी संघका तर्फबाट मानवराज बराल,प्रााज्ञिक बिद्यार्थी परिषदका दिप्सन गुरुङ, अखिल( छैटौं)का मिलन सुनार, अखिल (क्रान्तिकारी)का  नवीन अधिकारी, अनेरास्ववियू अखिल( समाजवादी ) र अखिल (क्रान्तिकारी) वैद्यकाे संयुक्त प्यानलबाट सन्ताेष पाैडेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै विप्लपी पाैडेल र कमल सुवेदीले  अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन ।

 

पृथ्वीनारायण क्याम्पस पोखरामा वामपन्थी शक्तिबीच एउटै मोर्चाबाट स्वतन्त्र विद्यार्थी युनियनको चुनाव लड्न अन्तिम समयसम्म गरिएको प्रयास भने असफल भएपछि छुट्टाछुट्टै निर्वाचन लडने भएका छन् । अनेरास्ववियू, अखिल (क्रान्तिकारी) वैद्य र अखिल (समाजवादी)ले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रेेका छन ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...