पाेखरा, फागुन २८ गते ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको अध्यक्षमा खिमा गुरुङ चयन निर्विरोध चयन हुनुभएकाे छ । बुधबार पोखरामा सम्पन्न गण्डकी प्रदेशको तेस्रो अधिवेशनले खिमाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा धन बहादुर गुरुङ (सुमन), उपाध्यक्ष (महिला) मा शिला गुरुङ, महासचिवमा सूरज थापा मगर सचिव (खुल्ला) दिल प्रसाद गुरुङ, सचिव (महिला) मा कला राना मगर, कोषाध्यक्षमा सुमन थापा मगर चयन हुनुभएकाे छ ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा यमबहादुर सोमैं मगर, खडक बहादुर आले, मनप्रसाद गुरुङ, चेतबहादुर थापा प्रविण, कविता घीर्ती, चन्द्र कुमारी महतो, पुनम थापा मगर र कृष्ण श्रेष्ठ (रोजी) चयन हुनुभएकाे छ ।
अधिवेशनकाे उद्घाटन गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले गर्नुभएकाे थियाे ।उहाँले गण्डकी प्रदेश सरकार सबै जातजातिलाई सम्मान गर्दै अगाडि बढेकाे बताउदै गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयाेगमा ल्याउने तयारी गरिरहेकाे बताउनुभयाे ।