पोखरा । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस अन्तर्गत पोखरास्थित नर्सिङ क्याम्पस र वनबिज्ञान क्याम्पसमा आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा एमाले निकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
आज साँझ सम्पन्न मतगणनामा नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी प्रतिभा भण्डारीकाे अध्यक्षमा प्यानल निर्वाचित भएकाे छ । त्यस्तै, सचिवमा अखिलकै सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भएका छन् ।
प्रत्यक्ष तर्फकाे मतगणना सक्किएकाे छ भने समानुपातिक मत गणना सुरु भएकाे छ ।जितपछि अनेरास्ववियुले नाराबाजी गर्दै खुसी साटासाट गरेका छन ।
यता पाेखराकै वनबिज्ञान क्याम्पसमा पनि अनेरास्ववियुले जित निकालेकाे छ ।यहाँ उत्तम हुमागाई अध्यक्षमा विजयी भएका छन ।
अन्तिम मत परिणाम तल उल्लेख छ।