पृथ्वीनारायण क्याम्पसमा २३ पटक पनि अनेरास्ववियुकाे जित

पाेखरा,चैत  ।देशकै ठुलाे क्याम्पस पृथ्वीनारायण क्याम्पसमा २३ आै पटक अनेरास्ववियुले जितेकाे छ ।स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु)काे आज सम्पन्न मतगणनामा एमाले अखिलले प्यानलै जितेकाे हाे ।पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुले आफ्नो विरासतलाई कायम राखेकाे छ ।

उक्त क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियन गठन भएदेखि यता निरन्तर रुपमा अनेरास्ववियुले स्वतन्त्र बिद्यार्थी युनियनको चुनाब निरन्तर रुपमा जित्दै आएको छ।

 

मंगलबार बिहान मतगणना सकिने लाग्दा अनेरास्ववियुका उम्मेदवारहरु फराकिलो मतान्तरमा अग्रता कायम गरिरहेका छन्।
अध्यक्षका उम्मेदवार विष्णु पोखरेलले यही अन्तर कायम गर्न सके चुनाव जित्ने निश्चितप्रायः छ ।

 

अनेरास्ववियुले  भारी मतान्तरका साथ बिजयी भएकाे हाे ।अन्तिम मत परिणाम

कुल २,८९५ मत गरी सम्पूर्ण प्रत्यक्ष तर्फको मत गणना सम्पन्न भैसकेको छ ।

 

अध्यक्ष: बिष्णु पोख्रेल – १,१०५
सचिव: विराट दुवाडी – १,४१३
कोषाध्यक्ष : सन्दिका गुरुङ – १,३०४

सदस्यहरु;
एलिषा भट्टराई – १,०८७
सुशील अधिकारी – १,११६
विशाल लम्साल – १,१५९
प्रचण्ड शक्ति गुरुङ – १,१४१
बृषभ चालिसे – १,११८

 

अनुजराज अधिकारी – १,१३४
जमुना शर्मा- १,१४५
सुजन शर्मा सापकोटा – १,०९१

 

सम्बन्धित खवर
टिप्पणिहरु