पाेखरा १७ मा हुने काेटिहाेमकाे तयारी तिव्र

पाेखरा, चैत १४ गते ।फेवाताल किनार बाराही घाटमा रहेकाे नेपाल ट्रष्टकाे चाैरमा हुने भनिएकाे ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ पाेखरा महानगरपालिका वडा नम्बर १७ मा हुदैछ ।

पाेखरा महानगरपालिकाले बाराही घाटमा हुन नदिने अडान लिएपछि विवादित बनेकाे काेटिहाेमकाे स्थान परिवर्तन भएकाे हाे । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं १७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आसपासका स्थानीयहरूको जमिनमा कोटिहोम महायज्ञ आयोजना गर्न लागेको हो ।

गण्डकी कोटिहोम महायज्ञ पोखरा १७ मा सञ्चालन गर्ने अनुमति पाएकाे मानव सेवा फाउन्डेसनले यतिबेला तयारी तिव्र बनाएकाे छ । महायज्ञ स्थल सरसफाइ, जमिन सम्याउने तगायतका काम सम्पन्न गरेकाे छ भने आजबाट मञ्च निर्माण, टेन्ट निर्माण लगायतका काम सुरु गरेकाे छ । कार्यक्रम स्थलमा क्रेनकाे सहायताले महायज्ञ स्थल र भजन प्रतियाेगिता हुने स्थानमा तिव्र रुपमा काम गरिरहेकाे छ । टेन्टका लागि पिलर उठाउने लगायतका काम भैरहेका छन् ।

 

फेवाताल किनारमा भन्दा भब्य र सभ्य रुपमा सम्पन्न गर्ने गरि तयारी भैरहेकाे आयाेजक मानव सेवा फाउन्डेसनले जनाएकाे छ ।

 

 

पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति ,समस्या समाधान वार्ता समिति, पोखरा महानगरपालिका वार्ड नं १७ बिरौटा, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमति दिएपश्चात् अहिले कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की परिवार महायज्ञको तयारीमा जुटेकाे हाे ।

 

महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिकाे उपस्थितिमा महायज्ञ स्थल आसपासमा रहेका आमा समूहका प्रतिनिधि, टोल बिकास समितिका प्रतिनिधिहरु,स्थानिय सङ्घसंस्थाका प्रतिनिधिहरूसंग छलफल गर्दै काेटिहाेमलाई सफल बनाउने सहमति समेत भएकाे थियाे। उक्त स्थानमा काेटिहाेम हुनेभएपछि स्थानीय खुशी भएका छन ।काेटिहाेम यहि चैत १७ गतेबाट संचालन हुने छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...