पोखरा १९ चुरुङ्गामा भाेलिदेखि महायज्ञ, बिहान कलश यात्रा दिउँसो उद्घाटन

पाेखरा, चैत १५ गते ।पोखरा महानगरपालिका १९ चुरुङ्गामा भाेलि शुक्रबारदेखि श्रीदुर्गा पाञ्चायन मन्दिर प्रतिष्ठा तथा श्रीमद् देवी भागवत नवाह ज्ञानमहायज्ञ सुरु हुदैछ ।महायज्ञकाे पाेखरा महानगरका प्रमुखले उद्घाटन गर्ने छन भने विहान ८ बजे कलश यात्रा गरिने भएकाे छ ।

दुर्गा मन्दिर एवं गौरीशङ्कर ब्रह्माविद्यापीठको आयोजनामा संचालन हुने महायज्ञकाे सम्पूर्ण तयारी पूरा भएकाे आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

चैत्र २५ गतेसम्म चल्ने महायज्ञ गर्ने तयारी पूरा भएकाे महायज्ञ मुल आयाेजक समितिका महासचिव विकास गाैतमले जानकारी दिनुभयाे ।महायज्ञका लागि महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक डाक्टर रमणानन्द गिरिजी महाराज लगायत ३ सय भन्दा बढि बटुकहरु कार्यक्रम स्थलमा आइसकेको महासचिव गाेतमले जानकारी दिनुभयाे ।

महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक डाक्टर रामानन्द गिरिजी महाराजले याे महायज्ञ ज्ञान आर्जन गर्ने यज्ञ भएकाे बताउनुभयाे ।उहाँले भन्नुभएको यहाँ संगितमय भजन वा नृत्य हुदैन ।यहाँ ज्ञान दिने र लिने मात्रै हुन्छ ।

 

पाेखरा महानगरपालिका वडा १९ का अध्यक्ष पुष्पेन्द पाण्डेले महायज्ञले यश क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयाे ।उहाँले महानगरले घाेषणा गरेकाे पर्यटन वर्षलाई सहयाेग पुर्‍याउने र धार्मिक पर्यटनलाई भित्र्याउदै यश क्षेत्रकाे प्रचार प्रसारमा महत्त्वपूर्ण याेगदान पुग्ने छ ।

 

नवरात्रको अवसर पारेर ऐतिहासिक अम्रेश्वर शिवालय काउरे गुफाको सिद्ध क्षेत्रमा पोखरा महानगरकै नयाँ शक्ति पीठ र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा निर्मित दुर्गा पञ्चायन मन्दिरको प्राण प्रतिष्ठा एवं श्री श्रीमद्देवी भागवत नवाह ज्ञानमहायज्ञ आयोजना गर्न लागिएको हाे ।

महायज्ञ मूल आयोजक समितिका महासचिव गौतमका अनुसार चुरुङ्गास्थित ब्रह्मा विद्यापीठ परिसरमा महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक डाक्टर रामानन्द गिरिजी तथा विभिन्न सङ्घसंस्थाहरूको आर्थिक सहयोगबाट प्राप्त रु. २ करोड को लागतमा १३ वटा गजुर र भूमिगत गर्भ गृहसहितका ढुङ्गाको विशाल कलात्मक मन्दिर निर्माण गरिएको छ । मन्दिर निर्माणकार्यमा हालसम्म झण्डै एक करोड ७० लाख खर्च भैसकेको महासचिव गौतमले जानकारी दिनुभयाे ।

 

महेश सन्यास आश्रम देवघाट धामका संस्थापक डा. गिरीसहित एकसय पचासभन्दा बढि बटुक तथा सन्त, आचार्यहरूको विशेष उपस्थितिमा शुक्रबार बिहान ८ बजेबाट कलशयात्रासहित महायज्ञ उद्‌घाटन हुने छ । महायज्ञको दोस्रो दिन महायज्ञ एवं मन्दिर प्रतिष्ठा, चैत्र २२ गते मूर्ति प्राणप्रतिष्ठा तथा दशौँ दिन पूर्णाहुति एवं महायज्ञ समापन गरिने छ । महोत्सवका लागी निमन्त्रणा र प्रचारप्रसारको काम पूरा भएकाे प्रचारप्रसार संयोजक दयाराम गौतमले जानकारी दिनुभयाे ।

 

महायज्ञमा दैनिक मण्डप पुजा, कथावाचन, आरती र प्रसाद ग्रहण कार्यक्रम हुने छन् । यस्तै ५ सय सम्मको भेटी दान गर्नेहरूको दानपत्रमा नाम लेखिने छ भने ५ लाखभन्दा बढि दान गर्नेहरूलाई आजीवन सदस्यसहित अभिनन्दन गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ढाकामोहन गौतमले जानकारी दिनुभयाे ।

 

वि.सं. २०७२ सालअघि यस क्षेत्रमा सानो जीर्ण मन्दिर रहेको थियो । हाल यहाँ शिखर शैलीको दुर्गा पञ्चायन मन्दिर निर्माण गरिएको छ । यो मन्दिरको डिजाइन आर्किटेक्ट लवकुमार नेपालले गरेका हुन् । उनहाले पोखरा धार्मिकसँगै पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण स्थल भएकाले शिखरशैलीको मन्दिर निर्माण गरिएको आर्किटेक्ट लवकुमार नेपालले जानकारी दिनुभयाे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...