हिंसा भड्काउनेहरुलाई छानबिन गरेर कारबाही हुन्छ :मन्त्री गुरुङ

पाेखरा, चैत १६ गते । सुचना,संचार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेकाे व्यवस्था उल्टाउन खाेज्नेहरुका गतिविधि सहेर नबस्ने बताउनुभएको छ ।


नेपाल सुनचाँदी व्यवसायीकाे वार्षिक साधारणसभाकाे उद्घाटन गर्दै उहाँले लाेकतन्त्रकाे विकल्प नहुने बताउदै व्यवस्था विरुद्धका गतिविधिलाई कुनै पनि हालतमा छुट दिन नसकिने बताउनुभयाे ।

 

सरकारका प्रबक्ता समेत रहनुभएका गुरुङले राजावादीको आन्दोलनका नाममा हिंसा भड्काउनेहरुलाई छानबिन गरेर कारबाही गर्ने बताउनुभयाे । अराजक अनुशासनहिन गतिविधि हेरेर बस्दैनाै कारबाही हुन्छ उहाँले भन्नुभयो, हामीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिसकेका छाै ।छानबिन गरेर कारबाही हुन्छ ।

 

उहाँले राजतन्त्र आफनै कारणले सक्किएकाे बताउदै आफनाे परिवार र संस्था बचाउन सक्दैन अनि किन चाहियो भन्नुभयो । मन्त्री गुरुङले विगतमा सम्झौता गरेका कारण ज्ञानेन्द्रलाई राजा बनाइएकाे हाे ।

 

अहिलेकाे व्यवस्थाकाे विकल्प छैन उहाँले भन्नुभयो,पाँच पाँच वर्षमा चुनाव हुन्छ मन नपरे हराउन सकिन्छ तर राजतन्त्रमा अर्काे विकल्प हुदैन ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...