पाेखरा,चैत । पोखरा महानगरपालिका १९ चुरुङ्गामा जारी श्रीदुर्गा पाञ्चायन मन्दिर प्रतिष्ठा तथा श्रीमद् देवी भागवत नवाह ज्ञानमहायज्ञमा तेस्रो दिन सम्म २२ लाख संकलन भएको छ ।
महायज्ञको तेस्रो दिन मंगलबार सम्म करिब २२ लाख संकलन भएकाे महायज्ञ मुल आयाेजक समितिका महासचिव विकास गाैतमले जानकारी दिनुभयो । महायज्ञमा भक्तजनकाे सहभागीता दैनिक रुपमा बढेकाे गाैतमले बताउनुभयाे ।
महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक डाक्टर रामानन्द गिरिजी महाराजले कथावाचन गर्नुभएको छ भने ३ सय बटुकहरु सहभागी हुनुहुन्छ । याे महायज्ञ अन्य भन्दा फरक छ ।यहाँ कथा वाचन मात्रै भएकाले ज्ञान प्राप्त गर्ने यज्ञका रुपमा रहेकाे छ ।
महायज्ञमा दैनिक मण्डप पुजा, कथावाचन, आरती र प्रसाद ग्रहण कार्यक्रम भै रहेका छन् । यस्तै ५ सय सम्मको भेटी दान गर्नेहरूको दानपत्रमा नाम लेखिने छ भने ५ लाखभन्दा बढि दान गर्नेहरूलाई आजीवन सदस्यसहित अभिनन्दन गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ढाकामोहन गौतमले जानकारी दिनुभयाे ।
महायज्ञ मूल आयोजक समितिका महासचिव गौतमका अनुसार चुरुङ्गास्थित ब्रह्मा विद्यापीठ परिसरमा महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक डाक्टर रामानन्द गिरिजी तथा विभिन्न सङ्घसंस्थाहरूको आर्थिक सहयोगबाट प्राप्त रु. २ करोड को लागतमा १३ वटा गजुर र भूमिगत गर्भ गृहसहितका ढुङ्गाको विशाल कलात्मक मन्दिर निर्माण गरिएको छ । मन्दिर निर्माणकार्यमा हालसम्म झण्डै एक करोड ७० लाख खर्च भैसकेको महासचिव गौतमले जानकारी दिनुभयाे ।