पाेखरा,चैत । पोखरा महानगरपालिका १९ चुरुङ्गामा जारी श्रीदुर्गा पाञ्चायन मन्दिर प्रतिष्ठा तथा श्रीमद् देवी भागवत नवाह ज्ञानमहायज्ञ आज सम्पन्न भएकाे छ ।
दस दिन सम्म चलेकाे महायज्ञमा १ कराेड ५ लाख रुपैयाँ संकलन गर्दै आज साेमबार सम्पन्न भएकाे महायज्ञ मुल आयाेजक समितिका महासचिव विकास गाैतमले सफल न्युज डटकमलाई जानकारी दिनुभयाे ।
महायज्ञकाे गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले समापन गर्नुभयाे । कार्यक्रममा बाेल्दै उहाँले यस्ता यज्ञहरुले सभ्य समाज निर्माणमा भुमिका खेल्ने बताउनुभयाे ।
उहाँ धार्मिक क्षेत्र मठ,मन्दिर, सामुदायिक भवनहरुकाे संरक्षण गर्ने जिम्मेवारी र दायित्व आफू नेतृत्वको मन्त्रालयकाे भएकाे बताउदै यश मन्दिरको भाैतिक पूर्वाधार निर्माणका लागि सहयाेग गर्ने प्रतिबद्वता समेत ब्यक्त गर्नुभयाे ।
पाेखरा महानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष पुष्पेन्द पाण्डेले चुरुङ्गाकाे दुर्गा मन्दिरले धार्मिक पर्यटन विकासमा भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयाे ।
महायज्ञमा आर्थिक, नैतिक र भाैतिक रपमा सहयाेग गर्नेहरुलाई धन्यवाद पत्र प्रदान गरिएकाे थियाे ।
महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक डाक्टर रामानन्द गिरिजी महाराजले कथावाचन भएकाे थियाे । महायज्ञ अन्य भन्दा फरक रुपमा संचालन भयाे । यहाँ कथा वाचन मात्रै भएकाले ज्ञान प्राप्त गर्ने यज्ञका रुपमा रह्याे ।
महायज्ञमा दैनिक मण्डप पुजा, कथावाचन, आरती र प्रसाद ग्रहण कार्यक्रम भए । यस्तै महायज्ञमा ५ सय सम्मको भेटी दान गर्नेहरूको दानपत्रमा नाम लेखियाे भने ५ लाखभन्दा बढि दान गर्नेहरूलाई आजीवन सदस्यसहित अभिनन्दन गरिएकाे महायज्ञ मूल आयोजक समितिका अध्यक्ष ढाकामोहन गौतमले जानकारी दिनुभयाे ।
महायज्ञ मूल आयोजक समितिका महासचिव गौतमका अनुसार चुरुङ्गास्थित ब्रह्मा विद्यापीठ परिसरमा महेश सन्यासी आश्रम देवघाट धामका संस्थापक डाक्टर रामानन्द गिरिजी तथा विभिन्न सङ्घसंस्थाहरूको आर्थिक सहयोगबाट प्राप्त रु. २ करोड को लागतमा १३ वटा गजुर र भूमिगत गर्भ गृहसहितका ढुङ्गाको विशाल कलात्मक मन्दिर निर्माण गरिएको छ । मन्दिर निर्माणकार्यमा हालसम्म झण्डै एक करोड ७० लाख खर्च भैसकेको महासचिव गौतमले जानकारी दिनुभयाे ।