श्रम कार्यालय पोखराबाट ३८ हजार ५ सय १३ जनाले लिए श्रम स्वीकृति

पोखरा, वैशाख १४ गते ।श्रम तथा रोजगार कार्यालय पोखराबाट ३८ हजार ५ सय १३ जनाले बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । कार्यालयले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि आर्थिक वर्ष २०८१÷८२ श्रवणदेखि चैत मसान्त सम्म सम्पादन गरेका गतिविधिको जानकारी दिदै महिला ४ हजार ८ सय २३ र पुरुष ३३ हजार ६ सय ८१ रहेका छन् । महिला भन्दा पुरुषले श्रम स्वीकृति लिएका छन् । सबैभन्दा धेरै असोजमा ६ हजार ६ सय ५९ जनाले श्रम स्वीकृति लिएको जनाएको छ ।

श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालका अनुसार गत आवमा श्रम सम्बन्धि ५६ वटा विवाद तथा मुद्धा दर्ता भएका थिए भने २२ वटा निर्णय भएको र १४ ओटा फछ्यौट हुन बाँकी रहेका छन् । ५६ निवेदनमा ८८ जना र ४९ ब्यक्तिगत तथा ७ वटा संस्थागत निवेदन परेको श्रम अधिकृत ढकालले जानकारी दिनुभयो । त्यस्तै बालश्रमका ५ वटा मुद्धामा ५ वटै फछ्यौट भएका छन् । कार्यालयले बालश्रम विवादको मुद्धामा ३६ हजार ४ सय पारिश्रमिक समेत दिलाएको अधिकृत ढकालले जानकारी दिनुभयो । एक वर्षको अवधिमा कार्यालयले ४ सय बालश्रम र ४ सय प्रतिष्ठानमा अनुगमन गरेको जनाएको छ ।

 

कार्यक्रममा कार्यालय श्रम मन्त्रालयअन्तर्गत सञ्चालित कार्यहरूबारे पत्रकारहरूलाई जानकारी गराउँदै वैदेशिक रोजगार, श्रमिक कल्याण, रोजगार अनुमति प्रक्रिया, श्रम सम्बन्धी उजुरीको समाधान तथा श्रमिक सचेतना अभिवृद्धि बारेमा जानकारी गराएको हो ।कार्यालयले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति प्रदान गर्नु,श्रमिक कल्याण कोषसँग सम्बन्धित कार्य ,रोजगारदातासँग श्रमिक सम्झौता दर्ता र प्रमाणीकरण, श्रम सम्बन्धी विवादको समाधान,श्रमिक सचेतना तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गदै आएको छ ।

 

कार्यक्रममा ‘वैदेशिक रोजगार ऐन, २०६४’, ‘श्रम ऐन, २०७४’ र त्यस अन्तर्गतका नियमावलीहरूका प्रावधानहरूबारे जानकारी दिइयो । वैदेशिक रोजगार ऐन अन्तर्गत कुनै पनि नेपाली नागरिकलाई कानुनी प्रक्रिया बिना विदेश पठाउन पाइँदैन र यो दण्डनीय अपराध मानिन्छ। श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक, काम गर्ने समय, बिमा, सुरक्षा, सामाजिक सुरक्षा कोषजस्ता अधिकार सुनिश्चित गरेको छ।

 

श्रम अधिकृत ढकालकाले “हामी हरेक श्रमिकलाई कानुनी रूपमा सुरक्षित ढंगले विदेश पठाउने प्रक्रियामा कडाइ गरिरहेका छौं ।”पत्रकार सम्मेलनमा रोजगार सेवा केन्द्रका प्रतिनिधि, वैदेशिक रोजगार बोर्डका अधिकारीहरू र विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...