पोखरा, बैशाख १६ /जिल्ला समन्वय समिति कास्कीले कास्कीका पालिकाहरूको आर्थिक बर्ष २०८०/८१ को बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) को नतिजा सार्बजनिक गरेको छ।जिसस कास्कीले मंगलबार विशेष कार्यक्रम मार्फत सार्बजनिक गरेको नतिजा अनुसार कूल सय अन्कभारमा रूपा गाउँपालिकाले ६८%,अन्नपूर्ण गाउँपालिकाले ६६.५ %,मादी गाउँपालिकाले ६१.५ %,पोखरा महानगर पालिकाले ४७.५ र माछापुच्छ्रे गाउँपालिकाले ४५ % प्राप्त गरे।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नतिजा सार्बजनिक गरे लगत्तै कास्कीका पालिकाहरूको बित्तिय सुशासनको अबस्था अपेक्षाकृत सुधार हुन नसकेको उल्लेख गरे।प्रमुख पौडेलले ४०% भन्दा तल उच्च जोखिम ,४०% बाट ८० % सम्म मध्यम जोखिम र ८० भन्दा माथी अन्क प्राप्त गर्ने पालिका न्यून जोखिममा रहेको भन्दै आगामी बर्षका नतिजामा सुधार गर्ने गरेर आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्बक लाग्नुपर्ने बताउनुभयो ।
बित्तीय सुशासनको बिषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नु पर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गर्नुभयो ।उन्नत खालको सुशासन उत्कृष्ट बित्तिय सुशासन बिना असम्भव रहेको पौडेलको भनाइ थियो।प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत जिसस कास्कीका उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नबराज बरालले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख ,उप- प्रमुख ,प्रशासकिय अधिकृत , कर्मचारी ,संचारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।