वैदेशिक राेजगार विभागमा ३० हजार ठगि मुद्दा, श्रम स्वीकृति लिए मात्रै वैदेशिक राेजगारीमा जान सुझाव

पाेखरा, जेठ १७ गते ।वैदेशिक राेजगार विभागका निर्देशक टिकाराम ढकालले वैदेशिक राेजगारका ४४ सय मुद्वा दर्ता भएकाे बताउनुभएको छ । दर्ता भएका मध्य ३० हजार ठगिका रहेकाे उहाँले बताउनुभयाे । विभागले पाेखरामा सराेकारवालाहरुसंग आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै निर्देशक ढकालले वैदेशिक राेजगारिमा गएका मध्य प्रतिवर्ष १४ सयकाे मृत्यु हुने गरेकाे बताउनुभयाे । विभागले गत महिनामा मात्रै ७८ हजार र गत वर्ष ७ लाख जनालाई श्रम स्वीकृति दिएकाे ढकालले बताउनुभयाे ।

उहाँले सबैभन्दा बढि ब्यक्तिगत ठगिका मुद्दा आउने गरेकाे बताउनुभयाे । वैदेशिक राेजगाारिमा जादा अनिवार्य रुपमा श्रम स्वीकृति लिएर जानुपर्ने बताउदै वैदेशिक राेजगारिमा जादा कुनै समस्या भए विभागले सहयाेग गर्ने बताउनुभयाे ।श्रमस्विकृति लसएर जादा सामाजिक सुरक्षा र विमामा आवद्व हुने र समस्या भए श्रमिकले क्षतिपूर्ति पाउने छन् । वैदेशिक राेजगारिलाई सुरक्षित बनाउने र गएकाहरुलाई सुरक्षित रुपमा फर्काउने उदेश्य विभागकाे रहेकाे छ ।

 

श्रम राेजगार शाखाका प्रमुख ताेरण पराजुलीले कानुनी व्यवस्था र सजाय लगाउतका विषयमा सहजीकरण गर्नुभएको थियाे ।पाेखरा शाखाका बरिष्ठ श्रम अधिकृत सुरेश ढकालले वैदेशिक राेजगार सम्बन्धि दर्ता भएकाहरुलाई नियन गर्न समस्या रहेकाे बताउनुभयाे ।

नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत कार्यरत निकाय हो जसले वैदेशिक रोजगारसम्बन्धी नीति कार्यान्वयन, नियमन, सुरक्षा तथा व्यवस्थापन गर्छ। यसको मुख्य उद्देश्य नेपाली श्रमिकहरूलाई सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारी सुनिश्चित गर्नु हो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...