देशभर सार्वजनिक यातायात बन्द, सर्वसाधारण मर्कामा

पाेखरा,जेठ १९गते । आजदेखि देशभर सार्वजनिक यातायात सडकमा गुडेका छैनन् । यातायात व्यवसायीकाे आन्दोलनका कारण यातायात ठप्प भएकाे हाे ।गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली राजपत्रमा प्रकाशित गर्दै मान्यता दिएकाे विरोधमा यातायात व्यवसायीले देशभर सवारीसाधन नचलाउने घाेषणा गरे हुन  ।

प्रदेश राईड शेयरिङ्ग नियमावली २०८२ राजपत्र प्रकाशित गरि निजी सवारी साधनलाई भाडामा संचालन गर्ने गरि नियमावली बनाई कार्यान्वयन तर्फ अगाडी बढेको भन्दै गण्डकी प्रदेश सरकार, संघीय सरकारका सम्बन्धित मन्त्रालहरुयमा माग पत्र सहित पटक पटक ध्यानाकर्षण पत्र बुझाई यथाशिघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाई नभएको हुदा यातयात व्यवसायी, मजदुरका समस्या राख्दा समेत सुनुवाइ नभएकाे भन्दै भाेलिदेखि सार्वजनिक सवारी बन्द गर्ने निर्णय भएकाे सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा.डाेलनाथ खनालले बतृनुभयाे ।

 

व्यवसायीले ७ बुदे माग पत्र नेपाल सरकार समक्ष पेश गरेको जनाएका छन् ।नेपाल सरकारले आफ्ना माग सुनुवाई नगरेको हुदा बाध्य भई सवारी साधन आजदेखी घर ग्यारेजमा थन्काएर आन्दोलनमा उत्रिने निर्णय गरिएको र यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने बताइएको छ ।

 

आम उपभोक्ता वर्ग, यात्र, मजदुर, कर्मचारीहरुलाई आन्दोलनमा आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरि सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबैलाई व्यवसायीले आग्रह गरेका छन ।

 

यातायात व्यवसायीकाे आन्दोलनका कारण सर्वसाधारण नागरिक मर्कामा परेका छन् । विहानैदेखि काम विशेषले हिडनुपर्नेहरुलाई समस्या परेकाे छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...