बसको सिसामा ढुङ्गा हान्ने तीन जना पक्राउ

पोखरा, जेठ । जिल्ला प्रहरी कार्यालय कास्कीले बसमा ढुंगा हान्ने तीन जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.१४ चाउथे स्थित पोखराबाट काठमाण्डौतर्फ जादै गरेको बा १ प ९१६ नं। को पर्यटक बसमा नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी बालकुमारी ललितपुरबाट भम्रणमा आएको विद्यार्थी सवार बसको सिसामा अपरिचित व्यक्तिले ढुङ्गा प्रहार गर्दा ५ जना विद्यार्थी सामान्य घाईते भएका थिए ।

सूचनाको आधारमा तत्काल जिल्ला प्रहरी कार्यालय कास्की मातहत इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट संयुक्त टोली खटिई ५ जना सामान्य घाइते भएका विद्यार्थीहरुलाई उपचारको लागि अन्नपुर्ण अस्पताल पोखरामा पठाएकोमा र सामान्य उपचार पश्चात डिस्चार्ज भएको थिए । घटनामा संलग्न व्यक्तिहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वप्रका रामबजारबाट अनुसन्धान गर्दै जाँदा सो घटनामा संलग्न रहेका ३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा दिन छ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरु
१। जिल्ला चितवन राप्ती न.पा. १ घर भई हाल पोखरा १७ घारिपाटन बस्ने वर्ष ४८ को तिलक बहादुर थापामगर (बस चालक)
२। जिल्ला बारा कोल्वी न.पा.१ घर भई हाल पोखरा २६ बिजयपुर बस्ने वर्ष ३० को मान प्रसाद खरेल (सह(चालक)
३। जिल्ला गोर्खा पालुङ्टार न.पा. २ घर भई हाल जिल्ला कास्की पोखरा १४ बस्ने वर्ष २८ को राजेश मरट्टा (ग्यारेजमा कामगर्ने)

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...