पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक टोलबिकास संस्थाको १९ औ साधारण सभा तथा चौथो अधिबेशनबाट मिन बहादुर केसी (मिलन) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएका छन् ।
संस्थाको उपाध्यक्षमा बिष्णु खवास, सचिवमा कृष्ण रानाभाट, कोषाध्यक्षमा निलम खवास र सदस्यहरु मोतिकुमार श्रेष्ठ, सुनिता कोइराला केसी, तारा कोइराला ढकाल, निलम गुप्ता, होम बहादुर भुजेल, लेखनाथ केसी र कमला खाती क्षेत्री सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले कार्यक्रमको उद्घाटन गर्दै टोलवासीहरुको भावना अनुसार संस्थाले गर्नु पर्ने वताउँदै ठुला तथा धेरै खर्च लाग्ने योजनाहरुमा वडाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा पोखरा ९ की वडा सदस्य गिता चर्माकार, टोलविकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, चण्डीका आमा समुहकी अध्यक्ष सीता नेपालीलगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका अध्यक्ष सुर्यभक्त सिग्देलले संस्थाको वार्षिक गतिविधि र कोषाध्यक्ष मिनबहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष मिन बहादुर केसीले टोलविकास संस्थाले नालामा ढकनी तथा सरसफाई, फुटपाथ र अव्यवस्थित तारहरुको व्यवस्थापन, उज्यालो टोल अभियानलाई निरन्तरता दिदै विजुलीका पोलहरुमा फेन्सि वत्ति जडान सहित सन्देश मुलक भनाईहरु राख्ने लगाएतका योजना आफुले वनाएको वताए ।
संस्थाका अध्यक्ष सुर्यभक्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गंगा सुवेदीले र संचालन सचिव मिनबहादुर रानाभाटले गरेका थिए ।