एमाले पार्टीे भित्र चिनियाँ कम्युनिस्ट पार्टी भित्रको ग्याङ्ग अफ फोर जस्तो फाईब, सिक्स, सेभेन नहोस

उठ बस, एसो गर, उसो गर भनेको मानिने छैन।

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व माओले गरेको बेलामा चीनमा सांस्कृतिक क्रान्ति भएको थियो। यो समूह त्यही बेलाको मध्य तिर यानिकी १९६६देखि १९७७ सम्म सांस्कृतिक क्रान्तिमा भयो ।यो समूह १९७२ देखि सक्रिय थियो। चिनियाँ सांस्कृतिक क्रान्तिका ताका यो समुहको नेतृत्व माओकी अन्तिम पत्नी चियाङ्ग चिङ लें गरेकी थिइन्। मतलब माओको मृत्यु नहुँदा सम्म सक्रिय रह्यो। माओको मृत्यु पछिको २७ दिनको दिन यो ग्याङ्ग लाई माओले नै नियुक्त गरेका चिनियाँ प्रधानमन्त्री हुआ गोफेडले गिरफ्तारी गर्न लगाएर यो सङ्गठन पार्टी बाट नै खारेज भएको निर्णय गरेका थिए।

चिनियाँ प्रधानमन्त्री च्याउ एन लाई को प्रशंसक माओले उनको मृत्यु पछि ग्याङ्ग अफ फोर को प्रतिनिधि सदस्य वा देँग लाई प्रधानमन्त्री बनाउँछन् जान्ने थियो।तर अपरीचित नेता हुआ गोफेड लाइ चीनको प्रधानमन्त्री नियुक्त गरे । निजलाई प्रधानमन्त्रीमा नियुक्त गरेको ८ महिनापछि माओको मृत्यु भयो। मृत्यु पश्चात हुआ नै चीनिया कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा पुग्ने अवसर मिल्यो। उक्त अवसरलाई प्रयोग गरेर ग्याङ्ग अफ फोर विघटन र गिरफ्तारी भएको थियो। हुआ ले भनेकी यो समूहले आफ्ना विरोधीलाई सफाया गर्ने ।देखिंदा वामपंथी तर बाम उग्रबादीको काम गर्ने लाल्छाना लगाएका थिए ।

 

चीनमा तात्कालीन समयका २९ बाटा प्रशासनिक क्षेत्र मध्ये १३ बाटा क्षेत्र मा पार्टीे नेतृत्वमा उग्र बामपन्थी प्रवृत्ति रहेको पहिचान गरेर उनीहरुलाई अधिकार बाट च्युत गरिदिए। हुआ ले आफू चीनको प्रधानमन्त्री भएको केही महिना पछि देङ्ग लागि लगाइएका सबै आरोप र कारबाही पार्टी निर्णय गरेर फुकुवा गरिदिए। सन् १९७७ जुलाई २२मा त देँङ्ग चिनीया कम्युनिस्ट पार्टी जनमुक्ति सेनाको प्रमुख बनाइए। आखिर चिनीया ग्याङ्ग अफ फोर ले कारबाही गर्न सिफारिस गरिएका र पार्टीे कारबाही भोगेका तिनै देङ्ग नै आधुनिक चीनि निर्माणका पिता तुल्य भए ।
कुराको चुरो के हो भने एमाले पार्टीे भित्र भएका सज्जन नेता र कार्यकर्तालाई जिल्ला जिल्लामा यस्ता दुर्जन ग्याङ्ग मिलेर लखेट्ने निमोठ्ने काम नहोस भन्ने सार मात्र हो।

 

 

@पुष्पलाल श्रेष्ठ लें पार्टीे खोलें देखि उनलाई अपमान बाहेक केही गरिएन । हुँदा हुँदा गद्दार पनि भनियो। को. क. मा मुक्तिमोर्चा को एकता पूर्व दुई महाधिवेशन सम्म पुस्पलाई निचोरियो, अपमान गरियो। तेस्रो राष्ट्रिय सम्मेलनमा सि पी मैनाली महासचिव बने देखि पाँचौं पार्टीे महाधिवेशन पनि लाडालड नै भयो। स्व जननेता मदन भण्डारी संस्कारी नेता भएकोले धेरै वितण्डा मच्चिन पाएन।
@ पार्टीको छैटौं ,महाधिवेशन अलिक शान्त रह्यो।
@ पार्टीको सातौं ,आठौ र नवौं महाधिवेशन सम्म बडो छिर्के मिरके नै भयो।

 

@पार्टीको दशौं महाधिवेशन हल्का नै थियो।मतलब शान्त नै थियो। अब एघारौं महाधिबेसन पूर्व चिनीया ग्याङ्ग अफ फोरले चिनीया सांस्कृतिक क्रान्ति ताका आफ्ना विरोधीहरुलाई सफाया र कारबाही गरे जस्तै जस्तै गर्ने गरी योजना बनाउन खोजे जस्तो देखिन्छ। यस्तो भएमा पार्टीको दुर्दशा हुने छ। हालका नेतालाई नचिनीकन कम्युनिस्ट पार्टीमा लागेका हामीलाई कार्यकर्ता र नेता यस्ता कुनै उपल्ला नेताको दलाली गर्नु छैन भन्ने सोच्न जरुरी छ।

 

 

हामी पार्टीे कमिटीको निर्णय र महाधिवेशनले छानेको नेतृत्व मान्छौं।अन्त्यमा पार्टीको सार्वभौम सिद्धान्तलाई मान्ने गरेर गरेका भएका छलफल र बहस मानिनेछ। तर कुनै नेताले उठ बस, एसो गर ,उसो गर भनेको मानिनेछैन। नेताको अधिनायकवादी शैली मादैनौं। आम जनताको संयुक्त राज्य सत्ता निर्माणको लागि गरिने सबै पार्टीे प्रयास र पार्टीे निर्णय मान्नेछौ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...