पोखरा, असोज ३० गते ।पूर्व प्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल डिस्चार्ज हुनुभएको छ । बुधबार रक्तचाप बढ्न गई धुम्बाराही स्थित ह्राम्स अस्पतालमा भर्ना हुुनुभएका खनाल आज शुक्रबार डिस्चार्ज हुनुभएको हो । आफनो फेसबुक पेजमा खनालले लेख्नुभएको छ, अस्पतालका डाक्टरहरुको निरन्तरको राम्रो उपचार पछि अहिले मेरो स्वास्थ्य सामान्य अबस्थामा रहेको छ र म आज अस्पतालबाट डिस्चार्ज भएको छु ।
‘मेरो स्वास्थ्य उपचारमा खटिनु भएका सम्पूर्ण स्वास्थ्यकर्मी टिम प्रति आभार ब्यक्त गर्दछु । साथै म उपाचारार्थ अस्पतालमा रहँदा मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्र्पूर्ण आदरणीय नेता गणहरु, कार्यकर्ताहरु, समर्थकहरु, आफन्तहरु, पत्रकार मित्रहरुहरु तथा सुबेच्छुकहरु सबै प्रति हार्दिक आभार ब्यक्त गदै धन्यबाद दिन चाहन्छु ।’