दुवै मृगौला फेल भएको महाशिला गाउँपालिका पर्वतकी मृगौला पिडित ३४ वर्षीया सविना गुरुङ्लाई आर्थिक सहयोग गरिएको छ । सविना गुरुङ बचाउ अभियानले एक कार्याक्रमका वीच गण्डकी प्रदेशका पर्यटन, उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा, नेपाल ड्राईभिङसंघका अध्यक्ष मोहन गुरुङ, बालकोट होश्राङदी सम्पर्क तमु समाज पोखराकी सचिव मीना गुरुङ लगायतले १३ लाख १९ हजार ५ सय ३१ रुपैयाँ नगद पिडित गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा बोल्नुहुँदै मन्त्री शर्माले गुरुङलाई कसैले मृगौला दान गरेको खण्डमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
४ वर्षदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डाइलोसिस गर्दै, आउनुभएकी गुरुङको मृगौला प्रत्यरोपणका लागि आप्mनै आमा तयारी अवस्थामो रहनुभएतापनि रगत समुह नमिल्नुका साथै उच्च रक्तचाप भएका कारण मृगौला दिन नमिल्ने भएपछि प्रत्यारोपण हुन नसकेको सविना गुरुङ बचाउ अभियानकी अभियन्ता सिता गुरुङले बताउनुभयो ।
मृगौला दान गर्ने कोही पाए, प्रत्यारोपणको लागि आफु तयारीमा रहेको पिडित गुरुङ सुनाउनुहुन्छ । स्याङजा सिर्सेकोट विवाह हुनुभएकी गुरुङको दुवै मृगौलाले काम गर्न छाडेसँगै श्रीमान तथा घरपरिवारको साथ र सहयोग समेत नपाएपछि गुरुङ आप्mनी बहिनीसँग पोखरामा बस्दै आउनुभएको छ । सामाजिक अभियन्ता उमेश गुरुङको अध्यक्षतामा भएको कार्याक्रम रेडियो गोरखालीका स्टेशन म्यानेजर खिमा गुरुङले सञ्चालन गर्नुभएको थियो ।