पोखरा, माघ ।तमुहरुको सामाजिक पुरानो संस्था तमु धिं नेपालले तमु आदिकवि हर्कबहादुर गुरुङको ८५ औं जन्मजयन्ती मनाएको छ।पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा स्वर्गीय गुरुङको योगदानको स्मरण गर्दै जन्मजयन्ती मनाएको हो।कोरोना संक्रमणको अवस्था विच तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङसहित कार्यक्रममा सहभागीहरुले तमु आदिकवि गुरुङको तस्बिरमा माला, फुल अर्पण गर्दै जन्मजयन्तीमा उहाँको योगदानको स्मरण गरेको हो।
कार्यक्रम बोल्नु हुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले क्युदे थुलेन दुख मुना लगायतका चर्चित र सन्देशमुलक गीतसहित साहित्यिक रुपमा गाँउबस्तीमा जागरण अभियन्ता स्वर्गीय गुरुङ भुमिका अतुलनीय रहेको बताउनुभयो। जागरण विना समुदाय अग्रगतिमा लाग्न नसक्ने भएकाले स्वर्गीय तमु आदिकवि गुरुङले लुकिछिपी भए पनि सञ्चालन गरेको अभियानले तमुहरुको चेतनामा ठुलो योगदान पुगेको भन्दै अध्यक्ष गुरुङले उहाँ सधै बाचिरहेको बताउनुभयो।
यसैबिच तमु धिं नेपालमा अक्षयकोषदाताहरुको सहयोग स्थापित तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति अक्षयकोषबाट वर्षे साहित्य र समाजसेवा तर्फ वर्षेनी चार चार जना व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ।