फेवा महोत्सवका पाहुनालाई छुटको घोषणा 

हेटौंडा, १० फागुन । आगामी चैत २९ देखि बैशाख १ गतेसम्म पोखरामा आयोजना हुने फेवा नव बर्ष महोत्सबलाई लक्षित गरी प्रदान गरिने छुट बारे होटल संघ पोखराले जानकारी दिएको छ ।आइतबारबाट सुरु भएको जाउँ है पोखरा अभियानको तेश्रो दिन मंगलबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा आयोजित छलफल तथा अनरकृया कार्यक्रममा छुट सम्बन्धी घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुबेदीले महोत्सबका पाहुनालाई होटलका कोठामा ३० प्रतिशत छुट प्रदान गरिने घोषणा गरे । कोभिड १९ बाट प्रभावित पर्यटनलाई पुनर्जागृत गर्न पोखराका विभिन्न पर्यटकीय सेवा सुविधामा विभिन्न क्षेत्रका ब्यवसायीले ३० देखि ५० प्रतिशत छुट दिंदै आएको स्मरण पनि अध्यक्ष सुबेदीले गराए । आन्तरिक पर्यटककै कारण पर्यटन क्षेत्रले राहात महसुस गरेको भन्दै उनले विगतमा ३ प्रतिशत हाराहारीमा रहेको आन्तरिक पर्यटक आगमन अहिले पोखरामा ४० प्रतिशत पुगेको जानकारी दिए ।

 

अभियानका संयोजक एबं संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने यथार्थ स्थापित गराउन अभियानले सफल भएको बताए । होटल क्षेत्रमा खरबौं रुपैयाँको लगानी रहेको स्मरण गराउँदै तुलाचनले त्यसको सुरक्षाका लागि पनि आन्तरिक पर्यटन पुन:स्थापनको लक्ष्यसहित अभियान संचालन गरिएको अवगत गराए । विदेशी पर्यटकको हकमा हालका दिनमा केही सोधपुछ मात्र हुने गरेको तर बुकिङ नआएको अध्यक्ष तुलाचनले जानकारी दिए ।

 

सो अवसरमा प्रमुख अतिथि एबं होटल संघ मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले जाउँ है पोखरा अभियानले ब्यवसायीहरुमा उर्जा थप्ने काम गरेको भनाई राखे । मकवानपुरका पर्यटकीय सम्पदाका बारेमा समेत अध्यक्ष श्रेष्ठले जानकारी गराए ।संघका सल्लाहकार एबं होटल संघ नेपालका केन्द्रीय सदश्य भरतराज पराजुलीले जाउँ है पोखरा अभियानले नेपालीमा घुम्ने संस्कृतिको विकास गरेको र आपसी भाइचार अभिवृद्धि गरेको बताए ।

 

पोखरामा केबलकार, विशाल शिव मुर्ती, बन्जी जम्पिङ, जिपफ्लाइङ लगायतका नयाँ पर्यटकीय सम्पदा थपिएको जानकारी पनि पराजुलीले कार्यक्रममा जानकारी गराए । नेपाली संस्कृतिको जगेर्ना गर्ने इद्धेश्यले फेवा नवबर्ष महोत्सव आयोजना गरिएको भन्दै पराजुलीले महोत्सवमा सहभागिताका लागि मकवानपुरवासीलाई आमन्त्रण गरे ।कार्यक्रममा उद्धोग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेल, मकवानपुर उद्धोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र यातायात ब्यबसायी सरोज खनाल लगायले भनाई राखेका थिए ।

 

कार्यक्रममा दुई दशक अघि सुरु भएको जाउँ है पोखरा अभियानका परिकल्पनाकार एबं होटल संघ नेपालका केन्द्रीय सदश्य विप्लव पौडेलको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन आयोजक संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । फागुन ८ देखि ११ सम्म संचालन हुने कार्यक्रमले बुटवल, हेटौंडा, विरगंज र चितवनलाई समेटेको छ । नेपाल पर्यटन बोर्डको प्रबर्द्धनमा कार्यक्रम भएको हो ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...