पोखरा, साउन ९ गते ।नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्वीन्टल सुन बाहिरिएसंगै गृह प्रशासन असफल भएको दावी गरेका छन् ।
भन्सारबाट बाहिर आएर राजस्वले सुन समात्नुपर्ने अवस्था भएपछि गृह प्रशासन असफल भएको हैन उनले प्रश्न गर्दै भने,“सुरक्षाको दोश्रो सशस्त्र र भित्रि घेरा नेपाल प्रहरी हुन्छ, त्यो सबै गृह मन्त्रालय अन्र्तगत हुन्छ । अनुसन्धानको टिम हुन्छ त्यो सबै छलेर बाहिर टयाक्सीमा समाएको हो । अनि प्रशासन फेल भएको छ ।” महासचिव ज्ञवालीले सुन काण्डमा गृह मन्त्रालय असफल भएको दावी गरे । उनले आठ सय नौ किलो सुन भियो भन्ने छ यसको पछाडी कसको खेल छ भन्दै सानो झुपडी भएको ब्यक्तिलाई समातेर समाधान हुदैन होला । पूर्वमन्त्री समेत रहेका ज्ञवालीले सरकारको स्टण्डमात्रै देखिएको बताए ।
उनले अरुलाई फोहोर देख्दा आफु सफा हुनुपर्ने बताए । गृहमन्त्रीले कसैलाई छाडदिन् भनेर तर्साउने हैन उनले भने, “लडाकु शिविर देखि चर्चामा आएका सबै विषयमा छानविन हुनुपर्छ ।”
उनले कसैलाई नछोडनुस । नछोडनकै लागि गृहमन्त्री बनाइएको हो । गृहमन्त्रीले काम गर्ने हो अरुलाई तर्साउने र धम्क्याउने हैन् । माओबादी लडाकु शिविर, वाईडबडी, ओम्मनी, तलिता निवास लगायत चर्चामा आएका सबै विषयमा छानविन गरौ त्यसका लागि एमालेको साथ हुन्छ । अहिले भैरहेको कार्यमा इमान्दारीता देखिदैन ।”उनले अहिले सरकारले गरेको काम राजनीतिक स्टण्ड मात्रै देखिन्छ । सत्ताका मान्छेलाई बचाउनका लागि गरिएको जस्तो देखिएको भन्दै जो दोषि भएपनि कारबाही गर्नुपर्ने उल्लेख गरे ।