पाेखरा, साउन २८ गते । पोखरा शहरका मुख्य सडकहरुमा रहेका शालिकहरुको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगरपालिकाबाट सार्वजनिक भएकाे समाचार प्रती गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ ।
नेपाली काँग्रेस कास्कीले आइतबार मिति २०८०÷४÷२७ मा सार्वजनिक भएको अनुरोध प्रति नेपाली काँग्रेस कास्कीको ध्यानाकर्षण भएको जनाएको हाे ।
पोखराको शहरी सौन्दर्यीकरण हामी सवैको साझा चासोको विषय हो जसका लागि हामी सवै पोख्रेलीहरु एक ठाउँमा उभिनै पर्छ काँग्रेस कास्कीका सभापति किशाेरदत्त बरालद्वारा जारी बिज्ञप्तिका भनिएकाे छ, पाेखरेलीहरुकाे साझा चासोको विषयलाई राजनितीक पार्टीहरुको धारणाले मात्रै सम्वोधन गर्न सक्दैन । यसैले पोखरालाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली काँग्रेस कास्की अनुरोध गर्दछ ।
शालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकावाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली काँग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेको व्यहोरा यसैसाथ सवैमा जानकारी गराउन चाहन्छु बिज्ञप्तिमा भनिएको छ ।