पोखरा । पत्रकार तथा सामाजिक अभियन्ता सुष्मा पौडेललाई नारी उत्थान दिदीबहिनी समूहले स्थापना गरेको ‘नारी उत्थान समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ ।
पत्रकारिता, समाजिक अभियान्ता र अधिवक्ताका रुपमा स्थापित बहुआयामिक व्यक्तित्व पौडेललाई सोमवार विशेष समारोह विच सम्मानपत्र सहित नगद ११,१११ बाट सम्मानित गर्न लागिएको हो ।
समूहका संस्थापक सल्लाहकार,छन्दनायक माधव वियोगीको संयोजकत्वमा समूहकी अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे, अधिवक्ता जानुका शर्मा र उपाध्यक्ष बिमला भुजेल सदस्य रहेको प्रतिभा छनोट समितिले सिफारिस गरे अनुसार पुरस्कार प्रथम पटक पौडेललाई प्रदान गर्न लागिएको हो ।पत्रकारिता, सामाजिक अभियान तथा विभिन्न प्रशिक्षणका माध्यमबाट समाजमा दुई दशक देखि अतुलनीय योगदान पुर्याएको भन्दै विशिष्ट समाजसेवात्मक कार्यको कदरस्वरूप पुरस्कार उनलाई प्रदान गर्न सिफारिश गरिएको संयोजक वियोगीले जानकारी दिए ।
समाजसेवाका क्षेत्रमा विशिष्ट र प्रभावकारी कार्य गर्ने नारी प्रतिभालाई उत्साह प्रदान गर्ने हेतुले संस्थाले यो बर्षदेखी पुरस्कार संचालन गरेको हो ।