फेवाताल वीचकाे तालबाराही मन्दिरकाे पुननिर्माण हुदै

पाेखरा, कार्तिक ९ गते ।  प्रमुख पर्यटकीय गन्तव्य हाे फेवाताल ।फेवाताल हेर्नकै लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन ।फेवाताल र फेवातालकाे वीचमा रहेकाे बाराही मन्दिर नपुगेसम्म यहाँ आउने पर्यटककाे भ्रमण अपुराे हुन्छ ।

फेवातालमा डुंगा सयर गर्दै तालबाराही मन्दिरको दर्शन गर्न पाउदा पर्यटका सन्तुष्ट हुन्छन ।फेवातालकाे वीचमा रहेकाे  ताल बाराही मन्दिराकाे पुन:निर्माण कार्य भैरहेकाे छ  । मन्दिर परिसरलाई व्यवस्थित बनाउने  याेजना सहित  पूर्न निर्माणकाे काम सुरु गरिएको छ ।

 

बिहीबार मूल मन्दिरको जग राख्ने गरिएकाे छ ।उक्त कार्यकाे  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जग पुजा गरेर सुरु गरे ।

 

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले मन्दिर पुन:निर्माणको लागि आवश्यक  पोखरा  सहयोग गर्ने बताए।

 

मन्दिर र परिसरमा निर्माण हुने संरचना निर्माणको लागि ९ करोडको लागत अनुमान गरिएको श्री ताल बाराही मन्दिर गुठी व्यस्थापन समितिले जनाएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...