नयाँ वर्ष नेपाल संवतकाे अवसरमा पाेखरामा र्‍याली

पाेखरा, कार्तिक  २८ गते। नेपाल संवत ११४४ आजदेखि सुरु भएको छ ।

नेपालमा विक्रम सम्वतकै क्यालेण्डर प्रयोग हुने भए पनि यसलाई मौलिक सम्वतका रुपमा विशेष गरी नेवारी समुदायले नेपाल सम्वतलाई मान्दै आएको छ ।

नयाँ वर्षको अवसरमा पाेखरामा   सांस्कृतिक पहिरनसहित र्‍याली सहितकाे कार्यक्रम गरेर मनाइएको छ ।नेवाखल कास्की लगायत विभिन्न समुदायको सहभागीतामा मनाईएकाे हाे ।

र्‍याली पाेखराकाे पृथ्वीचाेकबाट सुरु भै नयाबजार,महेन्द्रपुल, पालिखेचाेक, तेर्सापट्टि, नालामुख हुदै नेवा छेमा पुगेर समापन भएकाे थियाे ।

र्‍यालीमा आफ्नो माैलिक वेशभूषामा सजिएका थिए । र्‍यालीमा नेवारी संस्कृतिमा आधारित विभिन्न नृत्य, बाजा तथा झाँकीको प्रदर्शन गरिएको थियो ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको हाे ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर पाेखरा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...