
गण्डकी प्रदेश सुरक्षा समितिको बैठकले फेवाताल संरक्षणकालागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सहजिकरण समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।
“फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गठित सहजिकरण समिति” को वैठक सञ्चालन, निर्णय कार्यान्वयन एवं कार्य व्यवस्थित गर्न कार्यविधि निर्माण र आवश्यकता बमोजिमका उपसमिति गठन गर्दै जाने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको छ ।