तनहुँ, पुस १ गते । पृथ्वीराजमार्ग अन्र्तगत व्यास नगरपालिका–१२ कमलबारीमा आईतबार बिहान ८:२५ बजे यात्रुबस दुर्घटना हुँदा १८ जना घाईते भएका छन् ।
मुग्लिङबाट पोखरा जाँदै गरेको ग २ ख १४५९ नं. को बसले टिप्परलाई ओभरट्याक गर्ने क्रममा बसको दाहिने टायर सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
घाईतेमध्य दमौलीमा उपचार गरी थप उपचारको लागि ८ जनाको पोखरामा पठाईएको छ भने बाँकी १० जनाको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र दमाली अस्पतालमा उपचार भईरहेको छ ।