जीवन ज्योति सेवा केन्द्रद्वारा पहिरो पीडितलाई आर्थिक सहयोग

पोखरा, साउन  । मानवीय सेवा र उद्धारमा समर्पित संस्था जीवन ज्योति सेवा केन्द्र पोखरा १६ ले पहिरो पीडितलाई आईतबार आर्थिक सहयोग प्रदान गरेको छ।

अविरल वर्षाका कारण गत आसार २७ गते राति करिब १० बजे पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोट ठाँटीमा पहिरो जाँदा विस्तापित भएका परिवारलाई संस्थाले वैकल्पिक आवास निर्माणका लागि ११ औं दिनको दिन नगद रु ५० हजार सहयोग गरेको हो।

 

पहिरोमा ३ वटा घर पूर्ण रुपमा ध्वस्त भएका थिए। उक्त पहिरोमा परी एकै परिवारका ७ जनाको ज्यान गएको थियो। पहिरोमा परी सबै आफन्त गुमाएका घाइते बालक पवन परियारको सकुशल उद्दार गरिएको थियो भने अरु भागेर ज्यान बचाउन सफल भएका थिए।

 

पवन परियार पोखरा १९ विन्ध्येश्वरी मावि कक्षा १० का छात्र हुन्। उनि लगाएत विस्तापित अन्य परिवारलाई आवास निर्माणको लागि आर्थिक संकलनको जिम्मा स्थानीय विन्ध्येश्वरी यूवा क्लवले लिएको अध्यक्ष थमकुमार केसीले जानकारी दिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...