पोखरा, साउन । सवै पहेँला कपडा लगाएहरुको लर्को । पञ्चेबाजा र खैजरी मुजुरा अनि भजन गाउदै खाली खुटटा । साउनको पहिलो सोमबार पोखरा यसरी सुरु भयो बोलबम यात्रा ।
विगत केही वर्ष यता पोखरामा सुरु भएको बोलबम यात्रामा यूवायुवती देखि बृद्धबृद्धाको सहभागिता बढदो छ । सोमबार विहानै परेको पानीको प्रवाह नगरि भक्तजनहरु बोलबम यात्रामा सहभागि भए । पोखराको गाईघाट देखि केदारेश्वर मन्दिर सम्म बैदाम सम्म भक्तजनहरु हिडेरै बोलबमको संगीतमय यात्रामा मस्त भए ।
पोखराको केदारेश्वर मन्दिरमा जल चढाउन सोमबार दिनभर भक्तजनको भिड लागेको थियो । केदारेश्वर महादेवमणि सेवाश्रम समिति बोलबमधाम बैदामले अघिल्ला वर्षझै यस वर्ष बोलबम कार्यक्रम आयोजना गरेको थियो । सोमबार ब्रस्त बसी भक्तजनले बगरस्थित गाईघाटबाट जल लिएर केदारेश्वर मन्दिरमा पूजाआजा गरी शिवलिङ्गमा चढाउने गर्दछन् ।
गेरुब्रस्त धारण गरेका उनीहरु जल लिएर भजनकीर्तनसहित पैदलयात्रा गरी बैदामस्थित केदारेश्वर मन्दिर पुगेका थिए । साउन महिनामा भगवान शिवको आराधना गरी शिवलिङ्गमा जल चढाए मनोकांक्षा पूरा हुने विश्वास छ ।
बोलबम कार्यक्रमलाई व्यवस्थित बनाउन केदारेश्वर मन्दिरका चारवटै द्वार खुला गरी भक्तजनलाई पूजाआजा गरी जल चढाउने व्यवस्था मिलाइएको थियो । गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रा गरेर मन्दिरमा पुगेर १०८ शिवलिङ्गमा जल चढाउन पाउँदा आपूmलाई निकै सन्तुष्टी मिलेको भत्तजन लक्ष्मी थापाले बताउनुभयो । यस वर्ष भने चार वटा ओटा सोमबार परेको छ ।