सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा छैन् : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, साउन १४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ । सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री गुरुङले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्नुहुँदै सरकारले नियमन मात्रै गर्न खोजेको जानकारी दिनुभयो । उहाँले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताउनुभयो । उहाँले नियमन, स्वनियमन, सम्वर्द्धन, प्रवर्द्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने बताउनुभयो ।

 

‘‘प्रेस फ्रिडममाथि मन्त्रालयले केही कठोर बन्न खोजेको हो की भन्ने शङ्का तपाईंहरुलाई लाग्छ भने म अनुरोध गर्न चाहन्छु, हामी सबै एकै ठाउँबाट नै आएका छौँ । हामी सबै जना प्रेस फ्रिडम वा प्रेस स्वतन्त्रतामाथिको विश्वास छ । हामी शतप्रतिशत प्रेस स्वतन्त्रताको पक्षमा छौँ ।,’’ मन्त्री गुरुङले भन्नुभयो, ‘‘त्यसैले हाम्रो नियतमा कुनै त्यस्तो प्रश्न नउठाउनु होला । हामी सबै प्रतिवद्धता जाहेर गरेर आएको हो ।

 

प्रेसलाई नियमन गरौँ न भनेको हो । नियमन पनि मन्त्रालयले नगर्ने, मन्त्रालयको विभागले नगर्ने, एउटा अलग्गै स्वायत्त संस्था खोलेर त्यसबाट गरौँ । नियमन, स्वनियमन, सम्वर्द्धन, प्रवर्द्धन सबै त्यसैले गरोस् । सरकार, मन्त्रालय प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ ।’’वर्तमान सरकार नियन्त्रिण लोकतन्त्र, नियन्त्रित प्रेस स्वतन्ताको पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...