नगर विकास कोष सञ्चालक समिति सदस्यमा पाेखरा महानगरका उपप्रमुख गुरुङ मनाेनित

पाेखरा, साउन २४ गते ।सरकारले नगर विकास कोष सञ्चालक समितिकाे रिक्त कार्यकारी  निर्देशककाे जिम्मेवारी बरिष्ठ कर्मचारीलाई ताेकेकाे छ ।

समितिकाे रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति नभएसम्म बढीमा ३ महिनाका लागि काम गर्ने गरी कोषका बरिष्ठ कर्मचारी (प्राविधिक) राजेशकुमार भोछिभोयालाई तोक्ने निर्णय गरेको छ ।

 

बुधबार बसेकाे मन्त्रीपरिषद् बैठकले निर्देशक सहित सदस्य मनाेनित गरेकाे हाे ।बैठकले नगर विकास कोष सञ्चालक समिति सदस्य पदमा ७ वटै प्रदेशबाट ७ जनालाई मनोनित गरेको छ ।

 

बैठकले नगर विकास कोष सञ्चालक समिति सदस्य पदमा गण्डकी प्रदेशबाट पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवीलाई मनोनित गरेकाे हाे ।

 

 

जसमा कोशी प्रदेशबाट रंगेली नगरापालिकाका प्रमुख दिलिपकुमार अग्रवाल, मधेश प्रदेशबाट बरहथवा नगरपालिकाका प्रमुख कल्पना कटुवाल, बागमती प्रदेशबाट गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल, लुम्बिनी प्रदेशबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, कर्णाली प्रदेशबाट पञ्चपुरी नगरपालिकाका प्रमुख लालबीर भण्डारी र सुदूरपश्चिम प्रदेशबाट लम्कीचुहाँ नगरपालिकाका प्रमुख सुशिला शाहीलाइ मनोनित गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...