पाेखरा, माघ ९ गते । अर्थमन्त्री विष्णु पाैडेलले सरकारले अध्यादेश ल्याउन पाइने बताउदै अध्यादेशकाे बारेमा भएका टिप्पणी गलत भएकाे बताउनुभयाे । सरकारले ल्यादेश ल्याउन पाइने र सदनबाट पारित हुने बताउनुभयाे ।
सरकारले अध्यादेशसहित २९ कानून संशोधनको तयारी गरेकाे जानकारी दिदै व्यवसायी, लगानीकर्ता, सञ्चार प्रविधिलगायतका क्षेत्रबाट अध्यादेशको प्रशंसा भएको दाबी समेत गर्नुभयाे ।
‘व्यापारी साथीहरुले प्रधानमन्त्रीलाई भेटेरै अध्यादेशको स्वागत गर्नुभएको छ’ पौडेलले भन्नुभयाे ‘अमेरिकी र बेलायती राजदूतले पनि अब नेपालमा अन्तर्राष्ट्रिय लगानीको ढोका खुलेको प्रतिक्रिया दिएका छन् ।’
यस सरकारले अर्थतन्त्रको सूचकलाई पनि सुधारेको बताउदै सरकारमा जाँदा अर्थका सूचकहरु रातै भएको बताउँदै हाल पहेंलोबाट बिस्तारै हरियोतर्फ गइरहेको समेत बताउनुभयाे ।
उहाँले संकटमा परेकाे अर्थतन्त्रले गति लिन थालेकाे बताउदै अध्यक्ष देशका सकरात्मक कुरालाई जनताकाे घरदैलोमा पुर्याउन नेता कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयाे । अध्यादेशका सकरात्मक कुराकाे प्रचार गर्न आवश्यक छ उहाँको भनाइ थियाे ।