पोखरा, माघ । पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत महोत्सवको पूर्व सन्ध्यामा निशुल्क दन्त शिविर तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा अभिभावक र विद्यार्थी लक्षित गरी निशुल्क दन्त शिविर आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए ।
उक्त अवसरमा २०८१ को खेलकुद पुरस्कार वितरण तथा विविध सांस्कृति कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
माता मनकामना डेन्टल केयर पोखरा न्यूरोडको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा अभिभाव र विद्यार्थी गरी १ हजार १ सय जनाले सेवा लिएका प्रिन्सिपल न्यौपानेले जानकारी दिए ।
उक्त शिविरमा माता मनकामना डेन्टल केयरका मेनेजि· डिरेक्टर डि.एच युवराज पौडेल ‘अर्जुन’, डा.आफ्री वुन, डिएच लाल बहादुर थापा र असिस्टेन्ट प्रेमु गुरुङ दात परिक्षण गरेका थिए ।
मेनेजि· डिरेक्टर डि.एच युवराज पौडेल ‘अर्जुन’, डा.आफ्री वुनले दात मुख स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले स्वागत तथा विद्यालयकी संस्थापक भाईस प्रिन्सिपल अनिता तिमिल्सिना न्यौपाने र संयोजक जनक जमरकट्टेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
विद्यालयले शनिबार शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव मनाउन लागेको छ ।
विद्यालयले रजत महोत्सवको अवसरमा वृक्षारोपण, चित्रकला, वृद्धाश्रम अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सास्कृति कार्यक्रम गरिसकेको छ ।
२०५६ सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय विद्यार्थी र ४२ जना शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ ।