हेम्जा आवसिय विद्यालयमा पुरस्कार वितरण

पोखरा,  माघ । हेम्जा आवसिय विद्यालयमा पुरस्कार वितरण तथा विविध साँस्कृति कार्यक्रम सम्पन्न भएको छ ।

सरस्वती पूजा तथा विद्यालयको २९ औं स्थापना दिवसको अवसर पारेर विद्यालयको शैक्षिक सत्र २०८० तथा अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको विद्यालयका संस्थापक निर्देशक माधव शरण पौडेलले जानकारी दिए ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाका प्रवत्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतिलाल तिम्सिनाले विद्यालयले शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गरे ।

 

‘विद्यालय स्थापना भएको २९ वर्षको समय अवधिमा यस विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थी देशका उच्च तहमा पुगेका छन्’ अध्यक्ष तिम्सिनाले भने, ‘आगमि दिन पनि शिक्षाको गुणस्तरलाई लक्षित गर्दै भविष्यका कर्णदार विद्यार्थी उत्पादन गर्नेमा विद्यालय निरन्तर लाग्ने विश्वास लिएको छु ।’

 

उनले वडा स्तरमा विद्यार्थीका क्षमता प्रस्फुटन गर्नका लागि सामुदायिक र संस्थागत विद्यालयमा आवद्ध विद्यार्थीलाई लक्षित गरी वाल प्रतिभा प्रस्फुटन कार्यक्रम गर्न लागेको समेत जानकारी दिए ।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पोखरा– २५ हेमजाका वडा सदस्य कृष्ण बहादुर कुँवरले विद्यालयले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको बताए ।

 

विद्यालयका संस्थापक प्रिन्सिपल केशव शरण पौडेलले शिक्षाको गुणस्तरलाई ध्यान दिदै विश्व वजारमा विक्ने शिक्षा विद्यालयले प्रदान गर्ने बताए ।

 

शिक्षक अभिभावक संघका सदस्य प्रकाश चन्द्र पौडेलले विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यस्ता कार्यक्रम कोषेढु·ा सावित हुने बताए ।

 

कार्यक्रममा एन प्याव्सन कास्कीको स्थापना दिवसको अवसरमा दीर्घ सेवा पदकबाट सम्मानित भएका शिक्षक स्थानेश्वर अधिकारी, शारदा अधिकारी पौडेल, देवु गौतम नायराणी वस्नेत र विष्णुबहादुर कुँवरलाई सम्मान गरिएको थियो ।

 

हेम्जा आवसिय विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकेडेमिक डिन विमल भण्डारी अतिरिक्त क्रियाकलाप प्रमुख नारायणी वस्नेत, शिक्षक प्रतिक्षा सुवेदी र विद्यार्थी आयुष्ना परियारले बोलेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...