हेटौँडा, फागुन १ गते । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार बनेको बताउनुभएको छ ।नेपाली कांग्रेस मकवानपुरले बिहीबार हेटौँडामा पार्टी कार्यालय परिसरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उहाँले आर्थिक सम्पन्नतातर्फ समाजलाई लैजान अहिलेको गठबन्धनको सरकार बनेको बताउनुभएको हो ।
कांग्रेस नेता सिंहले राजनीतिक स्थायित्व र स्थिरता दिन दुई ठुला दल कांग्रेस र नेकपा एमालेको अहिलेको गठबन्धनको सरकार बनेको भन्दै अहिलेभएको राजनीतिक परिवर्तनलाई जोगाउँदै नागरिकलाई आर्थिक सम्पन्नताको आभाष दिन सकेनौँ भने समस्याआउने बताउनुभयो । आम जनताको चाहना भनेको बेरोजगारीको अवस्थाको अन्त्य, बेरोजगारलाई रोजगारी दिने, विदेशमा जानु नपरोस्, आफ्नै परिवारसँग गाउँठाउँमा केही गर्न सकियोस् भन्ने नागरिकको चाहनालाई कार्यान्वयन गर्नेतर्फ हामी लाग्नुपर्ने उहाँले भन्नुभयो, वर्तमान गठबन्धनको सरकार त्यही दिशामा लागेको छ । समय लाग्दा तर हामीले लक्ष्य र योजना बनाउनै पर्छ । यसतर्फ हामी सबै लाग्नु आवश्यक छ ।
उहाँले भन्नुभयो, ूअहिले प्राप्तभएको उपलब्धिहरुलाई सुरक्षित राख्दै र संस्थागत गर्दै अगाडि बढ्नु पर्छ । नागरिकले आर्थिक सम्पन्नता प्राप्त गर्नुपर्छ । उहाँले सबै जना मन्त्री, माननीय, जिल्ला सभापति बन्न पाउँदैन प्रतिनिधिमूलक हो जो सुकै गएपनि आफैँ गएको र आफ्नो प्रतिनिधि गए सरह आफूलाई लागेको कुरा भन्ने अधिकार कार्यकर्ताको हो भन्दै जनप्रतिनिधि होस् वा पार्टीका पदाधिकारीलाई के गर्दा राम्रो हुन्छ त्यतातर्फ लाग्न सुझाउनुभयो ।ू