पोखरामा ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया हुने

पोखरा,  फागनु ९  गते । पेशागत तथा बुद्धिजीवी विभाग नेपाली काँग्रेस र नेपाल डेमोक्याट्रिक लयर्स एशोसिएसनको आयोजनामा भोलि शनिबार पोखरामा संविधान संशोधनः आवश्यकता र चुनौती विषयक अन्तरक्रिया हुने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पार्टीको पेशागत तथा वुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौला पन्तले पोखरामा गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया गर्न लागिएको जानकारी दिनुभयो ।

 

वर्तमान निर्वाचन प्रणालीबाट कुनै पार्टीको बहुमत नआउने र जनताको चाहना पूरा गर्न सक्ने अवस्था नभएकै कारण संविधान संशोधनमार्फत निर्वाचन प्रणाली लगायतका समस्या समाधान गर्नेतर्फ काँग्रेस अगाडि बढ्ने बताउँदै्र उहाँले अन्तरक्रियामा यी लगायत विभिन्न विषयमा छलफल हुने जानकारी दिनुुभयो ।

 

गणतन्त्रपछि पनि नेपाली जनताका चाहना पूरा गर्न नसकिएको स्वीकार गर्दै नेता डा संग्रौलाले प्रदेश सरकारको औचित्यका बारेमा पनि नागरिकस्तरबाट कुरा उठ्न थालेको उहाँले बताउनुभयो । नेपाली जनताका चाहनालाई पूरा गर्न ठूला राजनीतिक दलले संविधान संशोधन गरेर भए पनि अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । संविधान संशोधन गरेर भए पनि जनतालाई सुशासन दिने काममा कांग्रेस जुटेको उहाँले बताउनुभयो ।

 

नेता डा संग्रौलाले यस क्षेत्रका कांग्रेसका विभिन्न पेसागत सङ्गठनका प्रतिनिधि सहित लगभग तीन सयदेखि चार सय व्यक्तिको उपस्थितिमा हुने अन्तरक्रियामा संविधान संशोधनसम्बन्धी दुई कार्यपत्र प्रस्तुत गर्नुका साथै कार्यपत्रमाथि छलफल हुने जानकारी दिनुभयो ।

 

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संविधान संशोधनमार्फत देशलाई अगाडि बढाउन जरुरी रहेको बताउँदै गण्डकी प्रदेशमा हुने छलफलले महत्वपूर्ण मार्ग निर्देश गर्ने धारणा राख्नुभयो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली काँग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइराला रहनुुहुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

 

प्रदेश सभापति शर्माको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवम् प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले गर्नुुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...