पोखरा, फागुन ९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजालाई जसरी विस्थापित गरिएको थियाे, त्यसरी नै स्थापित गर्ने बताउनुभएको छ ।
आज पाेखरामा आयाेजित विरोध सभालाई सम्वाेधन गर्दै वि. स २०६३ सालमा विस्थापित भएका राजालाई नारायणहिटीमै पुनः स्थापित गराउन राप्रपाले आन्दोलन गर्ने र त्यतिबेला कसैले राेक्न नसक्ने दावी उहाँले गर्नुभयो । उहाँले अहिलेकै अवस्थामा यही व्यवस्था अगाडि बढन नसक्ने बताउदै अब राजा फर्काउने आन्दोलनकाे नेतृत्व राप्रपाले गर्ने बताउदै कसैले राेक्न नसक्ने चेतावनी दिनुभयाे ।
उहाँले निर्मल निवास र नारायणहिटीकाे दुरी कति छ ?दलहरूलाई थाहा हाेला ।‘२०६३ सालमा जसरी राजालाई जबरजस्त विस्थापित गर्नुभयो । निर्मल निवासबाट दोहोर्याउँदै नारायणहिटी पुर्याउनतयार छौँ,’ उहाँले भन्नुभयाे, ‘त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । सामान्य नसम्झनुहोला ।’