पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय गरिएको छैन :संचारमन्त्री गुरुङ

पोखरा, फागुन १५ गते । नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटकीय राजधानी भनेर सरकारले निर्णय नगरेको बताउनुभएको छ ।

पोखराकाे फेवाताल किनार बाराहि नजिकै रहेकाे चाैरमा आजदेखि सुरु भएको १२औं लिटरेचर फेस्टिभलको उद्घाटन कार्यक्रममा बाेल्दै प्रवक्ता गुरुङले सरकारले अहिलेसम्म पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय नगरेको स्पष्ट पार्नुभयाे ।

 

 

‘यहाँ मैले एउटा शब्द देखेको छु । पोखरा टुरिजम क्यापिटल अफ नेपाल भन्याछ । आजसम्म नेपाल सरकारले यो निर्णय गरेको छैन । हल्लाको कुरा हो । किनभने हल्लै हल्लाको देश हो भनेर भूपि शेरचनको कविता पढेकै हो । सरकारको क्याविनेटले गर्नुपर्‍यो नी । आधिकारिक निर्णय त,’ उहाँले भन्नुभयाे ।उहाँले याे माग सबैकाे भएकाले अब लाग्नुपर्ने समेत बताउनुभयाे ।

 

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहुभएका गुरुङले पाेखरामा स्तरीय सभा हल नभएकाे समेत बताउनुभयाे । यहाँ स्तरीय सेमिनार हल छैन् उहाँले भन्नुभयाे पाेखरा माइस टुरिजमकाे हब हाे तर यहाँ त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न नसक्दा

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...