स्टिल फेब्रिकेर्टस एसोसियसन कास्कीको नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर लोकार्पण

पोखरा, चैत २४ गते ।स्टिल फेब्रिकेर्टस एसोसियसन कास्कीले नेपाली नयाँ वर्षको २०८२ को सालको शुभकामना आदानप्रदान, क्यालेन्डर लोकार्पण तथा व्यवसायीहरुवीच छलफल कार्यक्रम सम्पन्न भएको छ ।

क्यालेन्डरको पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शनिबार आयोजित कार्यक्रममा लोकार्पण गर्नुभयो । कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले स्टिल र फलामको प्रयोग पछिल्लो समय बढेको बताउदै यस व्यवसायको भविष्य राम्रो रहेको बताउनुभयो ।उहाँले व्यवसायीहरुका समस्याहरु रहेको बताउदैँ त्यसलाई समाधानका लागि महानगर व्यवसायीहरुको साथ रहेको बताउनुभयो ।

उहाँले व्यवसायीहरु करको दायरामा आउनुपर्ने बताउदै कर बृद्धि भन्दा पनि दायरा बढाउने तर्फ आफनो ध्यान केन्द्रीयत रहेको बताउनुभयो । “कर बढाउने भन्दा पनि दायरा बढाउनुपर्छ भन्ने पक्षमा रहेकी छु, त्यसैले व्यवसायीहरु दर्ता भएर बैधानिक रुपमा संचालन हुनुपर्छ ।तपाईहरुका समस्याहरु छन् भने आउनुस समाधानका लागि हामी तयार छौँ ।”

 

स्टिल फेब्रिकेर्टस एसोसियसन कास्कीका पूर्वअध्यक्ष रनबहादुर विश्वकर्माले स्थानीय सरकारले व्यवसायीक वातावरण सृजना गर्दै रोजगारी सृजनामा भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा एसोसियसनका पूर्व अध्यक्ष एवं सल्लाहकार अम्वरबहादुर गुरुङ, पूवअध्यक्ष एवं सल्लाकार रुद्रलाल श्रेष्ठ, पूर्वअध्यक्ष कृष्ण तिवारी,पूर्वअध्यक्ष यामप्रसाद पौडेल, वरिष्ठ उपाध्यक्ष बसन्तराज रेग्मी, कार्यसमिति सदस्य गणेश बास्तोला र कोषाध्यक्ष शिव गिरी लगायतले व्यवसाय संचालनमा देखिएका समस्या र चुनौतीहरुका बारेमा बोल्नुभएको थियो ।

 

 

स्टिल फेब्रिकेर्टस एसोसियसनका अध्यक्ष बासुदेब पाैडेलकाे अध्यक्षतमा भएकाे कार्यक्रमकाे संचालन महासचिव  भिम प्रसाद आचार्यलेे संचालन गर्नुभएको  थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...